२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मध्यबिन्दु ४ का अतिविपन्न परिवारलाई क्रिएटिभ युवा क्लबद्धारा राहत वितरण

२०७६, २३ चैत्र आईतवार ०१:४४

चैत २३, नवलपरासी | कोभिड १९ (कोरोना) भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनबाट मध्यबिन्दु नगरपालिका ४ भित्र प्रभावित १६ परिवारलाई क्रिएटिभ युथ क्लबले राहत वितरण गरेको छ । मध्यबिन्दु ४ भित्रका अतिविपन्न परिवार छनोट गरि खाद्यान्न सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष गोपिकृष्ण चापागाईंले जानकारी दिनुभयो ।


‘दैनिक ज्याला मजदुरी गरी खाने अतिबिपन्न परिवारका लागी अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो ।’ अध्यक्ष चापागाईंले भन्नु भयो । यस्तै कारोना भाइरसबाट बच्नका लागी साबुन पानीले हात धुने तथा कसरी यस रोग संक्रमणबाट बच्न तथा फैलिन नदिन के गर्ने भन्ने बिषयमा ति परिवारलाई जानकारी गराइएको बताउनु भयो । 

गाउँघरबाटै खाद्यान्न सामाग्री उठाएर गाउँघरकै अतिबिपन्न परिवारलाई राहत बितरण गरिएको जानकारी दिइयो । राहत सामाग्रीमा चामल, नुन, तेल, साबुन लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री रहेको बताइयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने