२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

१५ भारतीय मुस्लिम किशोर नेपालमा लुकेर बसेको अवस्थामा फेला

२५ चैत्र २०७६, मंगलवार ०३:१२

चैत २५, महोत्तरी | महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

उनीहरु यही चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन् । तेह्र वर्षदेखि १८ वर्ष उमेर समूहका ती किशोर भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका हुन् । उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए । भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किशनगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरु बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला रायले बताउनुभयो ।

भारतीय १५ किशोर बहेडा गाउँमा लुकेर बसिरहेको बारेमा गाउँपालिका अध्यक्ष साहलाई समेत जानकारी थिएन । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितकाले स्रोतको माध्यमबाट त्यसबारे जानकारी पाएपछि अध्यक्ष साहलाई जानकारी गराइएको थियो । अध्यक्ष साहले त्यसपछि वडा नं ५ का वडाध्यक्ष शेराजुद्दीन अन्सारीको सहयोगमा सोमबार भारतीय किशोरको खोजतलास गर्दा उनीहरु एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

एकै घरमा फेला परेका ती सबै किशोरको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको थियो । उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको अध्यक्ष साहले बताउनुभयो । 

यता सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीको २४ घण्टे ड्युटी र कडा निगरानी रहेको बेला भारतीय किशोर समूहमै नेपाल प्रवेश गरेकामा उनीहरुको कामप्रति प्रश्नचिह्न उठेको छ । साथै स्थानीय बासिन्दा र वडाध्यक्षसमेतले गाउँमा नयाँ मानिस आएको कुरा प्रहरी प्रशासनलाई जानकारी नगराएर ठूलो लापरवाही गरेको आरोप सर्वसाधारणले लगाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य