२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका चार गाउँपालिकाका एकान्तबास रित्तिँदै

२७ चैत्र २०७६, बिहीबार ०२:५५

चैत २७ , प्युठान | यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ । तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन् ।

स्वर्गद्वारी नगरपालिकाले ४७  व्यक्तिलाई एकान्तवासमा राखेको  छ । सात सय ३४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको र तिनलाई विद्यालयमा बनाइएको एकान्तबासमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिनुभयो । एकान्तबासमा बसेकालाई पालिकाले प्रतिव्यक्ति  रु २५०  प्रतिदिनको सुविधा प्रदान गरेको छ । ऐरावती गाउँपालिकामा ३२, नौबहिनीमा तीन र माण्डवी गाउँपालिकाले छ जनालाई विद्यालयमा बनाएको एकान्तवासमा राखेको स्थानीय तहले जानकारी दिएका छन् । प्यूठान नगरपालिका तथा गौमुखी, झिमरुक, मल्लरानी र सरुमारानी गाउँपालिकामा रहेका एकान्तवास रित्तै छन् । 

प्यूठान नगरपालिकामा ४७२ जना भित्रिएकामा ४४९ जना भारत र २३ जना तेस्रो मुलुकबाट भित्रिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । 

३ प्रतिशत मात्रै क्वारेन्टाइनमा 

जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका तीन प्रतिशत मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइनमा छन् । जिल्लामा भित्रिएकाहरुलाई केही स्थानीय तहले न्यून संख्यामा क्वारेन्टाइनमा राखेका छन् भने बाँकी स्थानीय तहमा क्वारेन्टाइनमा रहेको संख्या शून्य छ । 

जिल्लामा भारत, कतार, मलेसिया, यूएईलगायत देशमा रोजगारको सिलसिलामा गएकाहरु बुधबारसम्म दुई हजार ९३० जना भित्रिएको तथ्यांक छ । त्यसमध्ये पाँच जना कोरोना विशेष अस्पताल बेल्झुण्डी, दाङको आइसोलेशनमा तथा ८६ जना सुरक्षित रुपमा क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । 

जिल्लाबाट हालसम्म सात जनाको स्वाब परीक्षणको नमूना पठाइएकामा दुई नेगेटिभ रिर्पोट आएको छ भने बाँकी ५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल बेलझुण्डीमा पठाइएकामा  रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीको भनाइ छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की