२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्रहरीले एक साता बितिसक्दा समेत हत्यारालाई नियन्त्रणमा लिन सकेन

२०७६, २७ चैत्र बिहीबार ०३:०२

सम्राट सिंह | चैत २७, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा अज्ञात समुहद्घारा व्यापारीको हत्या गरेको एक साता भन्दा बढी हुँदा समेत हत्यारा भने पत्ता लागेको छैन । अज्ञात समुहले पसलमा गएरै सामान किन्ने निहुँमा गत मंगलबार राती तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ बर्षिय व्यापारी डबल बहादुर कुँवरको हत्या गरेको थियो ।

प्रहरी ले पसल बन्द गरेर सुतेका कुँवरलाई सामान किन्ने काम छ , भन्दै पसल खोल्न लगाइ अज्ञात समुहले काठले टाउकोमा हिर्काएर हत्या गरेको बताउँदै आएको भएपनि हत्यारा भने पत्ता लगाउन सकेको छैन ।

कुँबर टाउकोमा गम्भीर चोट लागेर रगताम्य अवस्थामा पसलमा नै मृत फेला परेका थिए । हत्यापछि कुँवरको पसलबाट एक डण्डा चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको थियो । मृतक कुँवरको शव पोष्टमार्टम पछि दाहसंस्कार गरी सकेको छ । 

जिल्लामा यसरी खुलेयाम हत्या हुँदा समेत हत्यारालाई कानुनी दायरामा ल्याउन नसके यस्ता घटना दोहोरी रहने मष्टा गाउँपालिकाका नरेन्द्र सिंहले बताए । प्रहरीले अनुसन्धान गरी तत्काल हत्यारा पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

हिजो मात्र जिल्लाको मष्टा गाउँपालिका १ जिन्नाडाका राम बहादुर ऐडी मृत अवस्थामा भेटीएका छन । मृतक ऐडीको शव बुधबार विहान जयपृथवी नगरपालिका  १ समदेउ नजिकै रोडमा फेला परेको थियो । 

प्रहरीले उनका मृत्यु के कति कारणले भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने बताएको छ ।  । केहि बर्ष यता जिल्लामा हत्याका घटनाहरुमा बृद्घि भइरहेका छन । 

दुइटै घटनाको अनुसन्धान भइरहेको छ  जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इन्स्पेक्टर नेत्र बोहराले बताए । उनले भने हामीले विभिन्न चरणमा अनुसन्धान थालेका छौ हत्यारालाई कानुनी दायरामा ल्याएरै छोडनेछौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने