२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पूर्वमन्त्री विष्टबाट स्थानीय तह र तम्घास अस्पताललाई पिपीइ

२०७६, २८ चैत्र शुक्रबार ०५:३७

चैत २८, गुल्मी | गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो ।

गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टको व्यक्तिगत पहलमा आएका पिपीइ प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । जिल्लाका स्वास्थ्यकर्मीलाई पिपीइ नहुँदा केही दिन पहिले ‘पिपीइको अभावमा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर’ शीर्षकमा राससमा समाचार प्रकाशन भएको थियो । 

मनोबल बढेको छः स्वास्थ्यकर्मी

पिपीइ पाएपछि आफूहरूको मनोबल बढेको स्वास्थ्यकर्मीले बताएका छन् । “पहिले बिनाहतियार कोरोनाविरूद्धको युद्धमा होमिएका थियौँ, अब हतियार प्राप्त भएको छ”, रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भन्नुभयो, “सबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएको छ ।” सो नगरपालिकामातहतमा अहिले ३३ स्वास्थ्यकर्मी छन् । 

मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले पनि पिपीइ अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताउनुभयो । गाउँपालिकासँग पहिले नै केही थान रहेको र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताउनुभयो । तर पर्याप्त मास्क र स्यानिटाइजरको भने अझै अभाव रहेको उहाँले बताउनुभयो ।

थर्मलगन र मास्क पठाउने तयारी

सासंद विष्टले जिल्लामा अभाव रहेको थर्मलगन र मास्क पनि पठाउने तयारी गर्नुभएको छ । थर्मलगन ५० र मास्क २५ हजार थान पठाउन लागिएको विष्टको सचिवालयले जनाएको छ । सांसद् विष्टले विपन्न र दैनिक ज्यालादारीका मजदुरलाई पनि स्थानीय तहमार्फत राहत सामग्री उपलब्ध गराउँदै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित