२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पूर्वमन्त्री विष्टबाट स्थानीय तह र तम्घास अस्पताललाई पिपीइ

२८ चैत्र २०७६, शुक्रबार ०५:३७

चैत २८, गुल्मी | गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो ।

गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टको व्यक्तिगत पहलमा आएका पिपीइ प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । जिल्लाका स्वास्थ्यकर्मीलाई पिपीइ नहुँदा केही दिन पहिले ‘पिपीइको अभावमा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर’ शीर्षकमा राससमा समाचार प्रकाशन भएको थियो । 

मनोबल बढेको छः स्वास्थ्यकर्मी

पिपीइ पाएपछि आफूहरूको मनोबल बढेको स्वास्थ्यकर्मीले बताएका छन् । “पहिले बिनाहतियार कोरोनाविरूद्धको युद्धमा होमिएका थियौँ, अब हतियार प्राप्त भएको छ”, रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भन्नुभयो, “सबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएको छ ।” सो नगरपालिकामातहतमा अहिले ३३ स्वास्थ्यकर्मी छन् । 

मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले पनि पिपीइ अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताउनुभयो । गाउँपालिकासँग पहिले नै केही थान रहेको र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताउनुभयो । तर पर्याप्त मास्क र स्यानिटाइजरको भने अझै अभाव रहेको उहाँले बताउनुभयो ।

थर्मलगन र मास्क पठाउने तयारी

सासंद विष्टले जिल्लामा अभाव रहेको थर्मलगन र मास्क पनि पठाउने तयारी गर्नुभएको छ । थर्मलगन ५० र मास्क २५ हजार थान पठाउन लागिएको विष्टको सचिवालयले जनाएको छ । सांसद् विष्टले विपन्न र दैनिक ज्यालादारीका मजदुरलाई पनि स्थानीय तहमार्फत राहत सामग्री उपलब्ध गराउँदै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला