2026-09-13 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकारकाबारेमा कुरै नगरौं, आफै सचेत बनौं– जोशी (भिडियोसहित)

पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट बच्नको लागि आफै सचेत हुनुपर्ने बताएका छन् । 

कोरोना भाइसबाट बच्ने उपाय भनेकै समाजिक दुरी कायम गर्नु नै अहिलेको अचुक उपाय भएको उनले बताए । विश्वमै नयाँ प्रकारको रोग भएको र महामारि फैलाएको कोरोनाको कुनै औषधी बनि नसकेका कारण र एक ्रव्यक्तिबाट अर्को व्यक्तिमा सहज रुपमा फैलिने भएकोलो सामाजिक दुरी नै अहिलेको लागि औषधी सहर सावित भएको भन्दै सबैले लकडाउनको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेता जोशीले विश्वका महाशक्ति राष्ट्र र बैज्ञानिकहरुले समेत कोरोनाको बारेमा पूरै अध्ययन र औषधी बनाउन असफल बनिरहेको बेलामा सरकारको मुख ताकेर बस्न नहुने बताए ।्

सरकारले कोरोना संक्रमणको परीक्षको दायरा व्यापक बनाउनु पर्नेमा उनले जोड दिए । विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेको ¥यापिड टेष्टबाट परीक्षण गरेर संक्रमणबारेमा शतप्रतिशत विश्वास गर्न नसिकने बताउँदै उनले सरकारले आवश्यक उपकरण छिटो खरिद गरी उपचारलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

कोरोना परीक्षणको लागि आवश्यक पर्ने किट र उपकरण खरिदमा भएको अनियमितताको बारेमा बोल्दै नेता जोशीले संकटका बेलामा पनि लुट्न खोज्ने सरकारबाट धेरै अपेक्षा नगरि आफै सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन् ।

नेता जोशीले लकडाउनको पालना गर्दै गर्दा कुनै नागरिक, गरीब मजदुरको दैनिकमा समस्या परे आफूलाई फोन गर्न समेत आग्रह गरेका छन् । उनले आफूले कुनै पनि बेला अवाश्यक सहयोग गर्ने बताउँदै आफू सदैव जिल्लाबासीको सेवामा समर्पित रहेको बताएका छन् ।

चुनावको बेलामा विकासे नारा लगाउने र करोडौको योजनाको कथा सुनाउनेहरुले अहिले महामारीको बेलामा कोरोना भाइरसबाट बच्नको लागि जिल्लामा भेन्टिलेटर र आवश्यक समाग्रीको प्रर्वद्धन गर्न नसकेको प्रति उनले गुनासो गरे ।

महामारीको बेला जिल्लाबासीलाई संक्रमण हुन नदिनको लागि र भइहाले उपचारको लागि आवश्यक प्रव्र्रद्धन हुन नसक्नु दुखद भएको बताए । उनले  विपदका बेला राजनीतिक कुराभन्दा पनि उत्तरदायित्व बहन गर्न सबै लाग्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले