२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सुनिलस्मृतिले विपन्न परिवारलाई राहत वितरण गर्ने

२०७७, ३ बैशाख बुधबार १५:३०

वैशाख ३, रोल्पा | सुनिलस्मृति गाउँपालिकाको विपद व्यवस्थापन कोष सञ्चालन समितिको बैठक मङ्गलबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकले विपद व्यवस्थापन कोषबाट हालसम्म खर्च भएको रकमको सार्वजनिक गर्दै अन्य जिल्लाबाट यस गाउँपालिकामा आउनुहुने व्यक्तिहरुलाई वडा भित्र रहेका विद्यालय, खालि घरहरुमा क्वारेन्टाइन बनाउने, यसको व्यवस्थापन वडा कार्यालय गर्ने, क्वारेन्टाइनको निगरानी वडा सदस्यहरुले गर्ने सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य चौकी नभएका वडाहरुमा गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने र क्वारेन्टाइनको निरिक्षण गाउँपालिका र वडा अध्यक्षहरुले गर्ने निर्णय गरेका छ ।

गाउँपालिका भित्र रहेका उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, विभिन्न संघसस्थाहरु, वित्तिय तथा बैंकिङ क्षेत्रहरु, राजनितिक दल, वुद्धिजिवि, व्यापारीहरु सँग विभिन्न चरणमा छलफल गर्ने, राहात वितरण एक द्धार प्रणालीबाट गर्ने, कुनै पनि संघ संस्थाहरुले राहत वितरण गर्नु परेमा गाउँपालिकामा उपलब्ध गराइ गाउँपालिकाबाट वितरण गर्ने, गाउँपालिका विपद व्यवस्थापन कोषमा रहेको रकमबाट तत्कालै वडाबाट आएका सिफारिसका आधारमा राहत वितरण गर्ने, जिल्ला बाहिरबाट आउनु भएका व्यक्तिहरुलाई वडाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यसैगरि तत्कालै गाउँपालिका विपद व्यवस्थापन कोषमा रहेको रकम बाट खाद्यान्न गरिद गरि वडाहरुबाट आएका विवरणका आधारमा राहात वितरण गर्ने, विभिन्न टोल वस्तीहरुमा सामुहिक छलफल गर्ने, जुवातास, भलिवल, क्यारेमबोट खेल्ने, खोलाहरुमा सामुहिक माछा मार्ने जस्ता क्रियाकलापहरुलाई पूर्ण रुपमा बन्द गर्ने, चालु आ.व.मा विपत् व्यवस्थापनका लागि विनियोजित रकम विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने, वडा भित्र क्वारेन्टाइनमा बस्नु भएका व्यक्तिहरुका रेखदेखका लागि विद्यालयका शिक्षक, कर्मचारीहरु वडा कार्यालयमा कार्यरत कर्मचारहरु, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई वडा कार्यालय मार्फत परिचालन गर्ने र स्थानीय क्लव, वुद्धिजिवि, व्यापारीहरुलाई समेत रेखदेखका लागि अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने