२० पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रदेश नं ५ समाचारः पैदलयात्रीको उद्धारमा सक्रिय स्थानीय सरकार

८ बैशाख २०७७, सोमबार ०६:१०

वैशाख ८, बुटवल | बर्दीया घर भएका हरिबहादुर चन्द नयाँ वर्षको राति ९ बजे बुटवल आइपुग्नुभयो । बर्दियाबाट सोलुखुम्बु मजदूरीका लागि जानुभएका चन्द झण्डै ११ दिनको पैदल यात्रा गर्दै बुटवल आउँदा थकाइ, भोक र प्यासले लखतरान हुनुहुन्थ्यो । 

बुटवल वडा नं १ का जनप्रतिनिधिसहित स्थानीयवासीले राति सडक किनारामा विश्राम गरिरहेका चन्दसहितका १२० ज मजदूरलाई भेटे । उनीहरु तत्कालै तिनको उद्धारमा लागे । वडाध्यक्ष महेन्द्र लिगलसहित स्थानीयवासीले खाना पकाएर तिनलाई खुवाए । सोही स्थानमै तत्कालै स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य जाँच गर्यो । गाडीको व्यवस्थापन गरेर उनीहरुलाई गन्तव्यतर्फ पठाउनेसम्मको काम भयो ।

सोलुखुम्बुबाट पैदलै आइपुग्नुभएका चन्दले बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको प्रतिक्रिया दिनुभयो । कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका मजदूर ११ दिन लगाएर पैदलै सोलुखुम्बुबाट  बुटवल आइपुगेका थिए । उनीहरु नियमित मजदूरी गर्दै आएका ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिंडेका थिए । 

सोही टोलीमा काठमाडौँबाट आउनुभएका बैतडीका अमबहादुर अवस्थीले भोक र थकाइका बेला बुटवलले गरेको व्यवस्थाले सबै पीडा भुलाएको बताउनुभयो ।  कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेदेखि नै बुटवल उपमहानगरपालिकाले राजमार्गमा अलपत्र  यस्ता मजदूरको उद्धार गरी खानपिन तथा गन्तव्यमा पुग्ने सवारी साधनको समेत व्यवस्थापन गर्दैआएको छ ।

 लकडाउनपछि मजदूरहरु काम पनि नहुने र  रासन पनि सकिएपछि आठदश दिनसम्म हिँडेरै घर जान थालेका छन् ।  ‘‘हामी हिँड्दै दोलखाबाट आयौंँ’ सल्यान बाघचौरका थलराज चन्दले भन्नुभयो, ‘‘उता खाने कुरा पनि सकियो, काम पनि भए, यता आउनलाई गाडी नचलेपछि हिँडेरै आयौं’, उहाँले भन्नुभयो ।

बिहान ५ देखि राति ११ बजेसम्म लगातार हिँड्दा कतिदिन सडकमै सुतेको उहाँको भनाइ थियो । “दिनभरि हिँड्दा थकाइ लागेको हुन्थ्यो”, उहाँले भन्नुभयो, ‘‘न खाने ठेगान हुन्थ्यो न बस्ने खाने,  बास सडकमै हुन्थ्यो ।’’ 

प्रदेश नं ५ को मुख्य केन्द्र बुटवलले विभिन्न ठाउँबाट बुटवलसम्म आइपुगेका विभिन्न जिल्लाका पैदल यात्रुलाई उद्धार र व्यवस्थापन गर्दै आएको छ । उनीहरुलाई बुटवल वडा नं १ र  १२ मा वडाध्यक्षकै नेतृत्वमा खाने, बस्ने र बसमार्फत गन्तव्यसम्म पठाउने काम भइरहेको छ ।

बुटवल आइपुगेका पैदलयात्रु १७५ जनालाई बस र टिपरमार्फत शनिबार बर्दिया, कैलाली र दाङसम्म पठाइएको वडा नं १२ का वडाध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो । आइतबारसम्म एक हजार तीन सय सम्मलाई खाना खुवाउने, स्वास्थ्य परीक्षण गर्ने र गाडीको व्यवस्था गरेर घरसम्म पठाउने काम भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । निजीक्षेत्र, समाजसेवी र मनकारीको सहकार्यमा पैदल यात्रीको उद्धार, खानपान र यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

दाङ–यसरी लामो पैदल यात्राबाट गन्तव्यमा पुग्न दाङ आइपुगेका पैदल यात्रुलाई दाङमा पनि खानेबस्ने व्यवस्था गरिएको छ ।  तुलसीपुर, घोराही तथा लमहीमा पैदल यात्रुलाई खाने, बस्ने तथा यातायातको व्यवस्थापन गरिएको छ ।  यस्तो अवस्थामा सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै आफूहरुले खानेबस्ने तथा यातायातको व्यवस्थापन गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताउनुभयो । 

काठमाडौँ, दोलखा र  गोरखाबाट आइतबार मात्र दाङ  आइपुगेका पूर्वीरुकुम, सल्यान र  पश्चिम दाङका ५९  मजदूरलाई तुलसीपुरको अरनिको मैदान अगाडि खानापिनको व्यवस्थापन गरेर गाडीबाट पठाइएको  समाजसेवी बिम रिजालले जानकारी दिनुभयो । उहाँले पैदल यात्रुको खानाका लागि चामल र तेललगायत खाद्य पदार्थ उपलब्ध गराउनुभएको छ । अन्य व्यवस्थापन  तुलसी उपमहानगरपालिकाको समन्वयमा यहाँका १०  संघसंस्थाले गर्दै आएका छन् ।

परासी–  प्रदेश नं ५ को पूर्वी प्रवेश नाका बर्दघाटदेखिपश्चिम बर्दियाको ठाकुरबाबा नगरपालिकासम्मका स्थानीय तहले पैदलयात्रीको व्यवस्थापन गरेका छन् । 

 बर्दघाट  नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल त्यस्ता पैदल यात्रीलाई शुरुदेखि नै खानपिन र सकेसम्म सवारी साधनको व्यवस्थापन गरिँदै आएको बताउनुहुन्छ ।  उहाँका अनुसार शुक्रबारदेखि आजसम्म मात्र झण्डै तीन सयको उद्धार र व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “पैदल यात्रीलाई खानपिन, स्वास्थ्य जाँच र गन्तव्यसम्म पुग्न गाडीको समेत व्यवस्था गरेका छौँ ।”

रुपन्देहीको सैनामैना नगरपालिका बुटवलसंग जोडिएको राजमार्ग क्षेत्रको नगरपालिका हो । सो नगरपालिका क्षेत्रमा पनि  पैदल यात्रु विभिन्न स्थानमा दैनिक विश्राम गरेका हुन्छन् । नगरपालिकाले सैनामैनाका निजी क्षेत्र र सहयोगदाताका सहयोगमा खानपिनको व्यवस्थापन गर्दै आएको र  गन्तव्यसम्म पुर्याउन प्रहरीको सहयोगमा गाडीको व्यवस्थापन गर्दैआएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की बताउनुहुन्छ ।  नगरपालिकाले पैदलयात्रीको उद्धारको काम लकडाउन शुरु भएदेखि नै गर्दै आएको र झण्डै २ हजारको उद्धार तथा व्यवस्थापन गरेको छ । उहाँले भन्नुभयो, “ अहिले पनि ७५/८० जना पैदल यात्रीलाई बिहानको खाजा खुवाउँदै छाँै, त्यसपछि गाडी चढाएर पठाउछौँ ।”

चन्द्रौटा –पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गर्ने नागरिकलाई स्थानीय तहको समन्वयमा कपिलवस्तुमा राजमार्गसँग जोडिएका शिवराज, बुद्धभूमि र वाणगंगा नगरपालिकाका युवाले खानपिनको व्यवस्था गरेर गन्तव्यसम्म पुर्याउन सहयोग गरेका छन् । शिवराज  १ शिवपुरमा एक साताभित्र मात्रै दुई सय पैदल यात्रुलाई खाना खुवाएर गन्तव्यतर्फ पठाइएको छ । सिन्धुपाल्चोक, विराटनगर, काठमाडौँलगायत ठाउँबाट दाङ, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा जान पैदलै आइपुगेकाहरुको शिवपुर हाटबजार चौरमा खानाको व्यवस्था गरिएको स्थानीयवासी कृष्ण थापाले बताउनुभयो । 

पैदलमार्ग हुँदै आएका यात्रुको स्वास्थ्य परीक्षण पनि गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । 

आइतबारसम्म वाणगंगा नगरपालिकाले पनि झण्डै साढे दुई सय पैदलयात्रीलाई पश्चिम पठाएको छ । काठमाडौँलगायतबाट पैदलयात्रा हुँदै वाणगंगा आएका उनीहरुलाई सवारी साधनको प्रयोग गरेर जिल्ला नाकासम्म पुर्याउने काम गरिएको नगरपालिकाका प्रवक्ता विष्णु गिरीले बताउनुभयो ।

प्युठान– पैदलयात्रीलाई गुल्मी, बाग्लुङ, प्युठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबीचको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदूरको घरसम्म पुर्यउने काम स्थानीय तहले गरेका छन् । प्युठान नगरपालिका तथा गौमुखी, झिमरुक, माण्डवी र सरुमारानी गाउँपालिकाको समन्वयमा मात्रै सयौँ पैदलयात्रीलाई उद्धार तथा खानपिनको व्यवस्थापन गरेर गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिएको प्युठान नगरपालिकाका पमुख अर्जुनकुमार कक्षपति बताउनुहुन्छ ।

लामो पैदलयात्राबाट निकै दुःख पाएको अवस्थामा उद्धार हँुदा राहत मिलेको बर्दियास्थित बारबर्दिया नगरपालिका ९ बनगाईकी सीता सार्कीले बताउनुभयो । बाटामा पानी मागेर खान खोज्दा  नदिने तथा धारोमा पानी आइरहेको देखेर खान खोज्दा छुन समेत नदिने पीडा ब्यहोर्नुपरेको उहाँले सुनाउनुभयो ।

प्युठान हँुदै बाहिरिने पैदल यात्रीलाई स्थानीय तहले उद्धार गरी यातायात, खानपिन र  आवश्यकतानुसार आवासको समेत व्यवस्था मिलाएको प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले बताउनुभयो । 

 बाँके–शुक्रबार मात्रै धादिङको धार्केबाट हिँडेरै नेपालगञ्ज आइपुगेका ५२ भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ । चौध  दिनपछि कोरोना संक्रमणको परीक्षण गरेर  भारतीय अधिकारीहरुसँगको समन्वयमा पठाउन सकिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।  उहाँका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाले दाङको सीमाबाट करीब ७५ किलोमिटर पश्चिम कोहलपुरसम्म पुर्याउने काम गरिरहेको छ । त्यहाँबाट कोहलपुर नगरपालिकाले बाँके–बर्दियाको मानखोलासम्म पुर्याउने गरेको छ । ‘सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरेर पैदल यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउने काम गरिरहेका छौं’ कोहलपुर नगरपालिकाका प्रमुखख लुटबहादुर रावतले भन्नुभयो । 

पैदल यात्रुलाई तीन दिनदेखि ट्रयाक्टर र ट्रकमार्फत गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । गाउँपालिकाले तीन दिनयता एक हजार ५०० भन्दा बढीको उद्धार गरिसकेको छ । 

पैदल यात्रीलाई शुरुदेखि नै व्यवस्थापन गर्दै आएका स्थानीय तहलाई सरकारले प्रदेश सरकारसँगको समन्वयमा तिनको व्यवस्थापन गर्न निर्देशन दिएपछि प्रदेश र स्थानीय सरकारको समन्वयमा यात्रुको व्यवस्थापन गरिएको हो ।  प्रदेश नं ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले पैदल यात्रुको उद्धारका लागि सरकारले स्थानीय तहमा  बजेट नै  दिएको बताउनुभयो । उहाँले पैदलयात्रुको खानपिन, स्वास्थ्य जाँच, सवारी व्यवस्थापन र क्वारेन्टाइनमा राख्नेसम्मको व्यवस्थापन स्थानीय तहले सबैसंँगको समन्वयमा गरेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल