१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

७ वर्षीया छोरीको हत्या गरी आत्महत्याको नाटक

८ बैशाख २०७७, सोमबार ०७:२३

वैशाख ८, पर्सा । छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । 

संजयले आफ्नै छोरी ७  वर्षीया अंशू कुमारी सरार्फलाई गत चैत ११ गते  दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको दावी गरेका थिए । तर संजयलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई उनैले घाटी थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान