२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी सुत्केरी बागलुङको क्वारेन्टाइनमा

९ बैशाख २०७७, मंगलवार ०३:१७

वैशाख ९, बलेवा | पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आउनुभएका उहाँ आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आइपुग्नुभएको हो । 

 उहाँसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उहाँलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उहाँका श्रीमान् पनि सँगै हुनुहुन्छ । उहाँहरुलाई र्यापिड डायग्नोष्टिक टेष्ट  गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ । उहाँलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको पीडित रवीना थकालीले बताउनुभयो । क्वारेन्टाइनमा बस्दा कुनै समस्या नभएको उहाँको भनाइ छ ।  बागलुङमा  उहाँजस्तै ५२  मजदूरको आइतबार उद्धार गरिएको थियो । उहाँहरु सबैलाई रामरेखा क्वारेन्टाइन र शान्ति समितिको भवनमा बनाइएको आश्रयस्थलमा राखिएको छ । सबैलाई गन्तव्यमा पुग्ने गरी सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी थालिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।

पोखराका विभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदूरहरु पैदल हिँडेर बागलुङ आइपुगेका हुन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्ने काठमाडौँ र हेटौंडाका मजदूरलाई पनि हिँड्दै गर्दा उद्धार गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । रोल्पा घर भएको बताउने १८ मजदूर पैदलै घर जान हिँडेको थाहा पाएपछि उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले बताउनुभयो । 

पोखरास्थित विभिन्न विकास आयोजनामा काम गरेका आफूहरुले काम पाउन छाडेपछि घर फर्केको उनीहरुले बताए । ‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियाँैं, लकडाउनले काम पाउन छाडेपछि हिँडेका हौं’ रोल्पा, गंगादेवी गाउँपालिका –५ का राजेन्द्रकुमार पुनले भन्नुभयोे, ‘घरै गए खेती गरेर खाऔंला ।’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य