२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

पोखरीको पानी खाँदै डोम

२०७७, ९ बैशाख मंगलवार ०३:३६

सञ्जीतकुमार मण्डल | वैशाख ९, जलेश्वर | महोत्तरी जिल्लाको एक बस्तीको डोम समुदाय अहिले पनि पोखरीको पानी पिउन र अन्य प्रयोग गर्न बाध्य  छ । आफूहरुलाई कथित ठूला जातिले तल्लो जात ठानी घर अगाडि रहेको कल (धारा) को  पानी खान नदिएकाले पोखरीको पानी प्रयोग गर्नुपरेको सोनमा गाउँपालिका –५ को डोम समुदायको गुनासो छ । 

सय  मिटर दूरीमा वडाध्यक्ष र ५०० दूरीमा प्रदेशसभा सदस्यको घर रहेको सो समुदायको घर अगाडि रहेको एउटा खानेपानी धाराको ह्याण्डल खोलेर स्थानीयवासी विजय यादवले लगेपछि डोम समुदाय पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी लीला मल्लिक डोमले बताउनुभयो ।

नेपाल सरकारको ऐलानी जग्गामा बसोबास गर्दै आएका पाँच घरपरिवार डोम समुदायले सो बस्तीमा प्रदेश नं २ को सरकारको सहयोगमा जनता आवास बनाउन लागेपछि विजयले सो जग्गा पनि आफ्नो  भन्दै विवाद गरेका छन् ।

विजयले  गालीगलोजका साथ कुटपिट गर्ने धाकधम्की दिंदै बस्तीभरिको एउटा मात्र कलको ह्याण्डल खोलेर लगेपछि उनीहरु पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी अजय मल्लिक डोमले बताउनुभयो । 

करीब एक कट्ठा जग्गामा डोमको पाँचभन्दा बढी पुस्ताले बसोबास गर्दै आएकामा अहिले त्यो स्थानीयवासी यादवको अतिक्रमणले गर्दा १५ धुरमा सीमित भएको छ । “अहिले सो जग्गामा पनि प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत डोमका लागि घर बनाइदिन लागेपछि विजयले सो जग्गा आफ्नो भन्दै कलको ह्याण्डल खोलेर लगेपछि पूरै डोम बस्तीले पोखरीको पानी खान थालेको छ”, अजयले भन्नुभयो । 

विजयले डोमहरुलाई कलमा छोए कुटपिट गर्ने र पानी खाए  ठेगान लगाउने भन्दै धम्की दिएर गएपछि पूरै डोम बस्तीका सबै जनाले घर अगाडिकै फोहर पोखरीको पानी ल्याएर खाना पकाउने, पिउने र  नुहाउने, लुगा धुने र  गाईवस्तुलाई  खुवाउने गरेको पीडित विजय मल्लिक डोमले बताउनुभयो ।

चारैतिर यादव बस्तीका बीचमा पाँच घर मात्रै डोम समुदायका घर छन् ।  वडाध्यक्ष रामविनेक यादवले यसबारे कुनै चासो नदिएको पीडित डोमहरुले आरोप लगाएका  छन् ।  प्रदेशसभा सदस्य कौशलकुमार यादवले पनि  यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउँदै आफूले यसबारे पहलकदमी लिने आश्वासन दिनुभयो ।

सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले पनि आफूलाई यस घटनाबारे जानकारी नरहेको र पत्ता लगाएर आवश्यक कदम चाल्ने विश्वास दिलाउनुभयो ।  महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे हालसम्म कुनै जानकारी वा जाहेरी नआएको बताउँदै आफूले बुझेर तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाइने दृढता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते