२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका स्थानीय तहद्वारा मजदूरको उद्धार

२०७७, ११ बैशाख बिहीबार ०३:४६

वैशाख ११, काठमाडौँ | कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदूरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् । इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पुर्याएका छन् ।

भक्तपुरको इँटाउद्योगमा काम गर्ने जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ । लकडाउनले गर्दा भक्तपुरमा अलपत्र परेका प्रदेश नं ५ का विभिन्न जिल्लाका मजदूरसँगै उनीहरुलाई पनि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उद्धार गरेर रोल्पासम्म पठाउनुभएको थियो । 

उनीहरुलाई भूमे गाउँपालिकाले रोल्पाको होलेरीबाट उद्धार गरेर गाउँपालिकासम्म ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।  रोल्पाबाट उद्धार गरी ल्याइएका उनीहरु सबैलाई बुधबार स्वास्थ्य जाँच गरी दुई सातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।  उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ । 

यसैगरी धादिङ इँटाभट्टामा काम गर्ने सिस्ने –५ का तीन जनालाई पनि रुकुम(पश्चिम)को सोलाबाङबाट उद्धार गरिएको छ । मजदूरीका लागि धादिङ पुगेका उनीहरु कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु कतै पैदल हिँडेर तथा कतै विभिन्न स्थानीय तहको सहयोगमा सवारी साधनमार्फत सोलाबाङ पुगेका थिए । 

उनीहरुलाई पनि सिस्ने गाउँपालिकाले सोलाबाङ पुगी उद्धार गरेर घरसम्म पुर्याएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । उनीहरुलाई  जिल्ला अस्पताल रुकुम(पूर्व)मा स्वास्थ्य परीक्षण गरी घर पठाइएको तर कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालले जनाए पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको अध्यक्ष बरालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल