२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका स्थानीय तहद्वारा मजदूरको उद्धार

११ बैशाख २०७७, बिहीबार ०३:४६

वैशाख ११, काठमाडौँ | कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदूरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् । इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पुर्याएका छन् ।

भक्तपुरको इँटाउद्योगमा काम गर्ने जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ । लकडाउनले गर्दा भक्तपुरमा अलपत्र परेका प्रदेश नं ५ का विभिन्न जिल्लाका मजदूरसँगै उनीहरुलाई पनि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उद्धार गरेर रोल्पासम्म पठाउनुभएको थियो । 

उनीहरुलाई भूमे गाउँपालिकाले रोल्पाको होलेरीबाट उद्धार गरेर गाउँपालिकासम्म ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।  रोल्पाबाट उद्धार गरी ल्याइएका उनीहरु सबैलाई बुधबार स्वास्थ्य जाँच गरी दुई सातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।  उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ । 

यसैगरी धादिङ इँटाभट्टामा काम गर्ने सिस्ने –५ का तीन जनालाई पनि रुकुम(पश्चिम)को सोलाबाङबाट उद्धार गरिएको छ । मजदूरीका लागि धादिङ पुगेका उनीहरु कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु कतै पैदल हिँडेर तथा कतै विभिन्न स्थानीय तहको सहयोगमा सवारी साधनमार्फत सोलाबाङ पुगेका थिए । 

उनीहरुलाई पनि सिस्ने गाउँपालिकाले सोलाबाङ पुगी उद्धार गरेर घरसम्म पुर्याएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । उनीहरुलाई  जिल्ला अस्पताल रुकुम(पूर्व)मा स्वास्थ्य परीक्षण गरी घर पठाइएको तर कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालले जनाए पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको अध्यक्ष बरालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य