२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा ७२२ को रिपोर्ट नेगेटिभ

२०७७, १३ बैशाख शनिबार १४:०४

वैशाख १३, दैलेख | महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट गाउँपालिकामा आएका ४३ र संयुक्त अरब इमिरेट्सको दुबईबाट आएका एक जनाको स्वास्थ्य जाँच गरिएको हो । 

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तर्कबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो । महाबु –५ वडाका गरीब, असहाय र  विपन्न वर्गका एक हजार १२१ घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिका सूचना अधिकारी टीका रोकायले बताउनुभयो । 

दैलेखमा भारतबाट आएका व्यक्ति एक हजार पाँच सयभन्दा बढी भएपछि आरडिटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । आजसम्म दैलेखमा ७२२ जनाको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको तथा नौ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । सरकारले लकडाउनको घोषणा गरेको भए पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ । 

स्वास्थ्य सामग्री हस्तान्तरण

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष एवं भैरहवा सुनचाँदी पसलका सञ्चालक कुलबहादुर विकले व्यक्तिगत खर्चमा रु दुई  लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य संस्था, पत्रकार, सुरक्षा निकाय, कारागारमा रहेका कैदी बन्दीलाई वितरण गर्नुभएको छ । वितरित सामग्रीमा ६–६ सय थान मास्क,  साबुन र पञ्जा र ८५ थान सेनिटाइजर छन् । 

दैलेखका सबै सञ्चार संस्थामा सामग्री पुर्याउने जिम्मा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीकृष्ण देवकोटालाई दिइएको छ । स्वास्थ्य कार्यालय दैलेखमा भने विकले आफैँ पुगेर सामग्री प्रदान गर्नुभएको छ । सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्ेलले विपत्का बेलामा स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पत्रकारको भूमिका विशेष हुने भएकाले यस्ता समूहलाई सहयोग गरेकामा धन्यवाद दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने