Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा एकै परिवारका ३ जनाको शव भेटियो

२०७७, १३ बैशाख शनिबार १५:३९

वैशाख १३, तनहुँ | व्यास नगरपालिका-१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् ।

अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र उनकी अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिका हुन् ।

मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई जिम्मा लगाइएको थियो । उनको मृत्यु हुनु दुई दिनअघि (वैशाख १० गते)देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।

छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशङ्का गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।

एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले बताए ।

मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन् । यहाँ भएको घटनाबारे दाजुलाई जानकारी गराइसकिएको उनका भाइ मोहनकृष्णले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित