२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोरोनाको सफल उपचारले ल्याएको खुशीको सीमा छैनः डा पोखरेल

१५ बैशाख २०७७, सोमबार ०८:४१

जमुनावर्षा शर्मा | वैशाख १५, चिप्लेढुङ्गा | “कहिलेकाहीँ लाग्छ चिकित्सक पेशा जस कम र अपजस बढी हुने पेशा हो । सन्तुष्टिका पल भेटिन्छन् ।  पेशाप्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसमा अल्झिन दिदैँन ।” यी अनुभूति धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ट डा शैलेन्द्र पोखरेलका हुन् ।  

चिकित्सक पेशाको १५ वर्षीय दौडानमा उहाँले धेरैपल्ट हर्ष र विस्मातका परिवेशसँग ठोकिनुपरेको छ । बिरामीको उपचारमा मिल्ने सफलताले दिलाएको हर्ष र उपचार सम्भव नहुँदा आँखा अगाडि बिरामीले संसार छोडेका धेरै घटनाले उहाँलाई दुःखी बनाएको छ । 

उहाँलाई पछिल्लो पटकको मिलेको सन्तुष्टि भनेको कोराना सङ्क्रमित अंशु र मनकुमारीलाई निको बनाएर घर फर्काउँदाको हो ।  उहाँले भन्नुभयो,“चिकित्सक पेशा नै यस्तो हो जहाँ बिरामीलाई निको बनाएर जीवन दिनु र उहाँका परिवारमा खुशी दिनुसँग जोडिन्छ, त्यहीभित्रको आनन्दले पेशाप्रति सधैँ गर्व लाग्छ, पछिल्लो समय  कोरोना भाइरसबाट बागलुङमा पनि दुई सङ्क्रमित देखिए, पर्याप्त पूर्वाधारविना नै उहाँहरुलाई भर्ना गरेर सफल उपचारपछि  घर फर्काउन सफल हुँदाको पलले सन्तुष्ट मिलेको छ ।”

डा पोखरेलले त्यो क्षण सम्झदै भन्नुभयो, “चैत १५ गते बागलुङ नगरपालिका वडा नं ४ कि अंशुको स्वाबको परीक्षण पोजेटिभ आयो । धौलागिरि अस्पताल कोरोनाको ‘डेडिकेटेट’ अस्पताल थिएन, आवश्यक उपकरण पनि थिएन, सबैभन्दा पहिले आवश्यक पिपिई पनि हामीसँग थिएन, एकछिन त के गरौँ, कसो गरौँ भयो । प्रमुख जिल्ला अधिकारीलगायतसँग बैठक बस्यौँ, पोखरा, काठमाडौँका चिकित्सकसँग सल्लाह पनि गर्यौं, उहाँहरुले सकेसम्म उत्तै उपचार गरे हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभयो । धेरै नै ढिला हुने जस्तो भएपछि मैले बागलुङमै भर्ना गर्ने निर्णय गरें, जोखिम मोेलेर जुन कदम चालियो अन्ततः सफल भयो”, उहाँले भन्नुभयो, “तत्कालको निर्णयले पनि सबै राम्रो भयो, बागलुङ जिल्ला अहिले ग्रिन जोनमा पर्न सफल भएकामा खुशी लागेको छ ।”  उहाँले अंशु भर्नापछि मात्र प्रदेश सरकार र सङ्घीय सरकारबाट पिपिई आएको जानकारी दिनुभयो । 

“हामीसँग पिपिईसमेत थिएन, स्थानीय स्रोत साधनको उपयोग गरेर बनाएका केही थान पिपिई थिए तर कोरोनाको लागि भरपर्दो थिएनन् । अंशुको अस्पतालको आइसोलेशन उपचाररत रहिरहँदा बागलुङकै ६५ वर्षीय महिलामा पनि सङ्क्रमण देखियो, उहाँलाई पनि हामीले अस्पतालमा भर्ना गर्यौं, दैनिक डाक्टर, नर्स र सहयोगीले उहाँहरुको स्वास्थ्य निगरानीमा खटिनुभयो ।” डा पोखरेलले भन्नुभयो, “यो सफलतामा डा प्रदीप श्रेष्ठ, डा मछिन्द्र लामिछाने, डा पुजन बल्ल, डा मिलन श्रेष्ठ, डा दीपक मगराँतीलगायत अन्य डाक्टर, नर्स र सहयोगी सबैको उत्तिकै योगदान छ ।” 

उपचारका क्रममा अंशुमा त्यस्तो स्वास्थ्य समस्या नदेखिएको तर मनकुमारीले भने नियमित दमको औषधि सेवन गर्दै आउनुभएको र अस्पताल आएपछि उच्च रक्तचापको समस्या देखिएको बताउनुभयो । “उहाँले शुरुमा रक्तचापको औषधि खान मान्नुभएन, हामीले विशेष अनुरोध गरेर सम्झाएपछि बल्ला औषधि सेवन गर्नुभयो र विस्तारै उहाँको अवस्था सामान्य हुँदै आयो ।” 

उपचारमा मनोचिकित्सक धीरेन्द्र पौडेलको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । “मनोपरामर्शबाट पनि उहाँहरुको आत्मबल बढाउन सक्रिय रह्यौँ चिकित्सक एवं स्वास्थ्यकर्मीको आग्रहलाई उहाँहरुले पनि पूर्ण पालना गर्नुभयो । यसले हामीलाई पनि सहज बनायो र उहाँहरुको स्वास्थ्यलाभ हुँदै गयो ।” “चैत १५ गते भर्ना गरिएकी अंशुभन्दा चैत २० गते भर्ना हुनुभएको मनकुमारी १७ दिनमा कोरोना नेगेटिभ आयो तर अंशुमा पोजेटिभ देखियो यसले अंशुमा असर पर्छ कि भनेर हामीले विशेष सतर्कता अपनाएर, मनोचिकित्सकसहितको टोली मनोपरामर्शमा जुट्यौं ।”  अन्ततः पाँचौँ पटकमा नेगेटिभ आयो र छैठौँ पटक पनि नेगेटिभ आएपछि उहाँ पनि घर जानुभयो । 

चिकित्सक पोखरेलले रोग प्रतिरोधात्मक क्षमताकै कारण एकको छिटो र अर्कोको ढिलो नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो । 

“रोग प्रतिरोधात्मक क्षमताले नतिजा एकको छिटो र अर्को को ढिला आएको हो, उहाँहरुलाई हामीले अझै पनि होम आइसोलेशनमा बस्न आग्रह गरेका छौं । धेरैले पुनःसङ्क्रमण हुने, नहुनेबारेमा जिज्ञासा पनि राख्नुभएको छ, पूर्णरुपमा हामीले सङ्क्रमण हुँदैन भन्न त सक्दैनौँ, तर हुने सम्भावनका निकै न्यून हुन्छ ।”उहाँले भन्नुभयो । 

धौलागिरि अस्पतालमा अहिले भेन्टिलेटरसहित सघन उपचार कक्षको काम पनि अघि बढेकाले अब अन्य बिरामीका लागि पनि विशेष सेवा दिन सक्षम रहेको जनाइएको छ ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  धौलागिरि अस्पतालका मेसु गोरखा दक्षिण बाहुको दाबेदार भएको बताउनुभएको छ । उहाँले पोखराका पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “बागलुङमा कोरोना सङ्क्रमण देखिएपछि मै हुँ, भन्ने डाक्टर पनि डराए तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले भने बागलुङमै भर्ना गरेर उपचार गर्छु”, उहाँले भन्नुभयो, “बागलुङका डाक्टर, नर्स विशेष धन्यवादको पात्र हुनुहुन्छ, डा शैलेन्द्र, प्रदीप श्रेष्ठ, नर्स दिदीबहिनी र चिकित्सक सबैलाई म धन्यवाद दिन चाहन्छु, उहाँहरुले आँट देखाउनुभयो र उपचार सम्भव भयो ।” 

उहाँले प्रशन्न हुँदै भन्नुभयो, “अहिले गोदबा (गोरखा दक्षिण बाहु) पाउने स्थिति भएको भए त गोदबा प्रथम पाउने डा पोखरेल हुनुहुन्छ । ” मुख्यमन्त्री गुरुङले बागलुङका दुई सङ्क्रमित निको भएपछि गण्डकी प्रदेश तत्काल कोरोनाको रेड जोनबाट ग्रिन जोनमा पुगेको तर अझै सतर्कता भने आवश्यक रहेकामा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य