२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खुट्टाले थिच्दा पानी र साबुन खस्ने धारा

२०७७, १९ बैशाख शुक्रबार ११:३०

वैशाख १९, गलकोट | कोरोना भाइरस रोकथामका विभिन्न ठाउँमा विभिन्न प्रविधिको विकास भइरहेको छ । यसै सन्दर्भमा हातले नछोइकन पानी र साबुनले हात धुनका लागि यहाँका इन्जिनीयरले खुट्टाले चलाउन मिल्ने धाराको विकास गरेका छन् । 

बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने धारो (फुड अप्रेड ह्याण्ड वास औजार) निर्माण गरिएको छ । प्रोग्रेसिभ इन्जिनीयर एशोसिएसन नेपाल जिल्ला समितिको नेतृत्व र धौलागिरि क्षेत्रका इन्जिनीयरको विशेष सहयोगमा दुईवटा खुट्टाले चलाउने धारा निर्माण गरिएको निर्माणमा सहभागी इन्जिनीयर गौरव शर्माले जानकारी दिनुभयो । 

निर्माण गरिएका खुट्टाले चलाउने धारा धौलागिरि अञ्चल अस्पताल तथा जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्ने धाराबाट कोरोना भाइरसको सङ्ंक्रमण हुन सक्ने भन्दै खुट्टाले थिचेर पानी र साबुन खस्ने धारो निर्माण गरिएको बागलुङ नगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

शुरुमा सेनिटाइजर टनेल निर्माण गर्न थाले पनि स्वास्थ्य मन्त्रालयले फूल बडी सेनिटाइजर टनेल स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भनेपछि खुट्टाले सञ्चालन गर्न मिल्ने धारा निर्माण गरिएको इन्जिनीयर थरेन्द्र्र पौडेलले जानकारी दिनुभयो । बढी मानिसको आवतजावत हुने अस्पताल, सरकारी कार्यालयलगायतका स्थानमा खुट्टाले चलाउने धारा उपयोगी हुने उहाँको भनाइ छ । 

धारामा दायाँ खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने बायाँ खुट्टाले थिच्दा पानी खस्नेछ । हेर्दा निकै सामान्य लाग्ने उक्त प्रविधियुक्त धारा कोराना भाइरस रोकथामका लागि निकै उपयोगी हुने इन्जिनीयरको दाबी छ । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि बहु–उपयोगी हुने इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो । 

धौलागिरि अञ्चलका इन्जिनीयरको पहलमा उक्त धारा निर्माण गरिएको हो । उक्त हात धुने औजार बागलुङ बजार श्रीनगरटोलमा रहेको श्री धौलागिरि सिभिल इलेक्ट्रिकल एण्ड मेकानिकल प्रालिमा निर्माण गरिएको हो । एउटा धारा निर्माणका लागि रु २५ हजार मात्र खर्च भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते