२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खुट्टाले थिच्दा पानी र साबुन खस्ने धारा

१९ बैशाख २०७७, शुक्रबार ११:३०

वैशाख १९, गलकोट | कोरोना भाइरस रोकथामका विभिन्न ठाउँमा विभिन्न प्रविधिको विकास भइरहेको छ । यसै सन्दर्भमा हातले नछोइकन पानी र साबुनले हात धुनका लागि यहाँका इन्जिनीयरले खुट्टाले चलाउन मिल्ने धाराको विकास गरेका छन् । 

बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने धारो (फुड अप्रेड ह्याण्ड वास औजार) निर्माण गरिएको छ । प्रोग्रेसिभ इन्जिनीयर एशोसिएसन नेपाल जिल्ला समितिको नेतृत्व र धौलागिरि क्षेत्रका इन्जिनीयरको विशेष सहयोगमा दुईवटा खुट्टाले चलाउने धारा निर्माण गरिएको निर्माणमा सहभागी इन्जिनीयर गौरव शर्माले जानकारी दिनुभयो । 

निर्माण गरिएका खुट्टाले चलाउने धारा धौलागिरि अञ्चल अस्पताल तथा जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्ने धाराबाट कोरोना भाइरसको सङ्ंक्रमण हुन सक्ने भन्दै खुट्टाले थिचेर पानी र साबुन खस्ने धारो निर्माण गरिएको बागलुङ नगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

शुरुमा सेनिटाइजर टनेल निर्माण गर्न थाले पनि स्वास्थ्य मन्त्रालयले फूल बडी सेनिटाइजर टनेल स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भनेपछि खुट्टाले सञ्चालन गर्न मिल्ने धारा निर्माण गरिएको इन्जिनीयर थरेन्द्र्र पौडेलले जानकारी दिनुभयो । बढी मानिसको आवतजावत हुने अस्पताल, सरकारी कार्यालयलगायतका स्थानमा खुट्टाले चलाउने धारा उपयोगी हुने उहाँको भनाइ छ । 

धारामा दायाँ खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने बायाँ खुट्टाले थिच्दा पानी खस्नेछ । हेर्दा निकै सामान्य लाग्ने उक्त प्रविधियुक्त धारा कोराना भाइरस रोकथामका लागि निकै उपयोगी हुने इन्जिनीयरको दाबी छ । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि बहु–उपयोगी हुने इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो । 

धौलागिरि अञ्चलका इन्जिनीयरको पहलमा उक्त धारा निर्माण गरिएको हो । उक्त हात धुने औजार बागलुङ बजार श्रीनगरटोलमा रहेको श्री धौलागिरि सिभिल इलेक्ट्रिकल एण्ड मेकानिकल प्रालिमा निर्माण गरिएको हो । एउटा धारा निर्माणका लागि रु २५ हजार मात्र खर्च भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य