Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

१ लाख धरौटीमा वडाअध्यक्ष रिहा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

किर्ते नागरिकता बनाएको आरोप लागेका कुश्मा नगरपालिका–११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेल धरौटीमा रिहा भएका छन् भने २ जना पुर्वपक्षका लागि थुनामा पुगेका छन् । वडा अध्यक्ष पौडेलले १ लाख रुपैयाँ धरौटी बुझाए रिहा भएका हुन् ।

गंगाबहादुर नेपालीकी छोरीको प्रेमिकालाई नेपालीकै छोरो बनाएर नागरिकता बनाएको अभियोगमा वडाअध्यक्षलाई पक्राउ गरिएको हो । नेपालीका बाउछोरीलाई जिल्ला अदालतले १ लाख ५० हजार धरौटी माग गरिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका हुन् ।

त्यस्तै किर्ते नागरिकता बनाउन साँची बस्ने स्थानीय ५ जनालाई प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ ।

घटनाको विवरण अनुसार गंगावहादुर नेपालीले २०७४ सालमा छोरी संगिताका प्रेमिका आईते सार्की (जिवन) लाई छोरा बनाएर किर्ते नागरिकता बनाईदिएका थिए । पछि उनकी छोरी संगिताले जिवनसँग विवाह गरेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेपछि उक्त घटनाको रहस्य खुलेको हो ।

संगिताका श्रीमान आईते सार्की अहिले भारत भएकाले प्रकाउ गर्न नसकिएको प्रहरीले जनाएको छ । उनलाई पनि प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ ।