Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नागरिकता किर्तेमा वडाअध्यक्ष पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

किर्ते नागरिकता बनाएको आरोप कुश्मा नगरपालिका–११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेल पक्राउ परेका छन् । गंगाबहादुर नेपालीका छोरीका प्रेमिकालाई छोरा बनाएर नागरिकता बनाउन सहयोग गरेको अभियोगमा वडाअध्यक्षसहित नेपालीका बाबुछोरीलाई पक्राउ गरिएको हो ।

त्यस्तै किर्ते नागरिकता बनाउन साँची बस्ने स्थानीय ५ जनालाई प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ । घटनाको विवरण अनुसार गंगावहादुर नेपालीले २०७४ सालमा छोरी संगिताका प्रेमिका आईते सार्की (जिवन) लाई छोरा बनाएर किर्ते नागरिकता बनाईदिएका थिए । पछि उनकी छोरी संगिताले जिवन सँग विवाह गरेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेपछि उक्त घटनाको रहस्य खुलेको हो ।

संगिताका श्रीमान आईते सार्की अहिले भारत भएकाले प्रकाउ गर्न नसकिएको प्रहरीले जनाएको छ । उनलाई पनि प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ ।

कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।