२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा उच्च सतर्कता

२२ बैशाख २०७७, सोमबार १५:३४

वैशाख २२, बाँके | छिमेकी जिल्ला बाँकेमा १६ र रुपन्देहीमा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि दाङमा पनि उच्च सतर्कता अपनाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले दाङ भित्रिने चार नाकामा थप कडाइ गर्ने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रजिअ  रिजालका अनुसार आजको बैठकले अमिलिया, भालुबाङ, कोइलाबास र हापुरेको नाकामा स्वास्थ्य सहायता केन्द्र स्थापना गरी स्वास्थ्य जाँच गर्नाका साथै अनावश्यक रुपमा भित्रिने र बाहिरिने सवारी साधनलाई कडा कारवाही गर्ने निर्णय गरेको  छ । 

त्यस्तै बैठकले अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अहिले जिल्लाका नाकामा प्रहरी चौबीसै घण्टा खटिएकामा अब स्वास्थ्यकर्मीलाई पनि खटाउने निर्णय भएको छ ।

यहाँ सञ्चालित दुई सिमेन्ट उद्योगका मजदूर तथा मस्जिदमा  समेत र्यापिड  डायग्नोष्टिक टेष्ट गर्ने तथा बेलुका ७ देखि बिहान ५ बजेसम्म पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा बन्द गर्नेसमेत बैठकले निर्णय गरेको छ । बैठकले लकडाउनको पालनामा नागरिक जिम्मेवार नदेखिएकाले अनुशासित बनेर रोगसँगको प्रतिकार्यमा जुट्न आग्रह गरेको छ । यसैबीच घोराही सिमेन्ट उद्योगबाट भागेर भारत जान लागेका पाँच मजदूरलाई नियन्त्रणमा लिई आज घोराहीको कुइरेपानी क्वारेन्टाइनमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान