२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपालमा पछिल्ला कोरोना संक्रमित मध्ये चार जना पत्रकार, एक जना स्वास्थ्यकर्मी

२०७७, ३० बैशाख मंगलवार १२:१५

वैशाख ३०, काठमाडौँ | पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ भने आजै संक्रमित भेटिएकी कपिलवस्तुकि एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भेटिएको छ । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । 

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरे । डा. उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा पर्सामा थप ३९ जना कोभिड पोजेटिभ देखिएका हुन् । 

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए । सुरक्षा सामग्री समेत नलगाई क्वारेन्टाइन छिर्ने तथा अन्तर्वार्ता लिने, बोर्डरमा आएका नेपालीहरुसँग अन्तर्वार्ता लिने गरेका थिए । 

गत शनिबार वीरगन्ज महानगरपालिका– २ छपकैयाको ट्रेसिङ साइटमा वीरगन्जका ४ जना पत्रकारले थ्रोट स्वाबको नमुना दिएका थिए । 

त्यस्तै तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएकोमा अन्य ८ जनाको रिर्पोट नेगेटिभ देखिएको र एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा ति स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको अनुमान छ ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन । तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् ।

पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ