२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट भागेका भनिएका व्यक्तिहरु मदिरा लिन गएको खुल्यो

२०७७, २ जेष्ठ शुक्रबार ०९:१५

जेठ २, बुटवल । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए ।

रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले ती युवा भागेको नभई बजारबाट मगाएको मदिरा लिन गएको बताए । उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए ।

मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका रायले बताए । साथीले मदिरा ल्याइदिएपछि बाहिर निस्किएको बेला सुरक्षाकर्मीले देखेपछि उनीहरु भागेको बताइएको छ । उनीहरु क्वारेन्टाइनबाट भागेको नभई १८–१९ वर्षका दुई/तीन जनाले मदिरा मगाएर सेवन गरेको स्वीकार गरेका छन् । आइन्दा त्यस्तो नगर्न  भन्दै सम्झाईएको रायले बताए । 

क्वारेन्टाइनमा बसेका युवाहरुले कुन मदिरा कति परिमाणमा सेवन गरे भन्ने पत्ता नलागेको रायले बताए । उक्त क्वारेन्टाइनमा ४९ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने