२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका ४१ जनाको स्वाब सङ्कलन

६ जेष्ठ २०७७, मंगलवार ०२:२३

जेठ ६, पाल्पा | पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका  सुरक्षा र  स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो ।

भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।  प्रदेश नं  ५ सरकारले १५० पिसिआर र ६४०  आरडिटी किट उपलब्ध गराएको थियो । लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट दुई महिनाअघि २५ जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख न्यौपानेले  बताउनुभयो । 

अहिलेसम्म विभिन्न पालिकाका क्वारेन्टिनमा बसेका २५८ जनाको आरडिटी गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा ७८ जना क्वारेन्टिनमा बस्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला