२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल

७ जेष्ठ २०७७, बुधबार ०३:०१

जेठ ७, सुर्खेत | कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताउनुभएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट  प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै अनिवार्यरूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी परीक्षण गरिने बताउनुभएको हो ।

आरडिटीपश्चात स्थानीय तहले अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने, क्वारेन्टिन अवधि पूरा भएपछि अनिवार्य पिसिआर विधिद्वारा स्वाब परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात सङ्क्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टिनमा रहने गरी  पठाउने व्यवस्था मिलाइएको उहाँले जनाउनुभयो ।

यो सङ्कटबाट हाम्रो देश र प्रदेश पनि अछुतो नरहेकाले सरकार उच्च सतर्कता र गम्भीरताका साथ लागिरहेको उहाँले विश्वास दिलाउनुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ,  “कोरोनाको रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै स्रोत साधनको परिचालनसहित लागिरहेको छ । प्रदेशलाई कोरोना सङ्क्रमणबाट बचाउन खोज्दा पनि दैलेख आठबीस नगरपालिका–१ साततलाका ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टिको घटनाले सरकारलाई दुखित् तुल्याएको छ ।”

यो घटनाले दुःखी बनाएको भन्दै मन्त्री रावलले छिमेकी मुलुक भारतबाट आई क्वारेन्टिनमा राखिएका व्यक्तिमा सङ्क्रमण देखिएको तर ती व्यक्ति समुदायमा प्रवेश गरी नसकेकाले यस घटनाबाट भयभीत एवं त्रसित नहुन, थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सङ्क्रमित व्यक्ति, परिवारसहित समग्र कर्णालीवासीमा अनुरोध गर्नुभएको छ ।

कोरोना परीक्षण लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसीआर मेसिनसहितको प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीयरूपमा परीक्षण कार्यसमेत भइरहेको उहाँले बताउनुभयो । पुनःपुष्टिका लागि रिफरेन्स ल्याबमा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधानबमोजिम यस प्रदेशमा गरिएको पिसीआर परीक्षणको १० प्रतिशत नेगेटिभसहित सबैै पोजेटिभ नमूना पुनःपुष्टि गर्न नेपालगञ्ज/राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेको र यो नियमित प्रक्रिया भएको हुँदा यस प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन उहाँले अनुरोध गर्नुभएको छ ।

पछिल्लो समयमा विदेशका जोखिमयुक्त क्षेत्रबाट कर्णालीमा प्रदेश भित्रिने नागरिकको सङ्ख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णयबमोजिम परीक्षणकार्य तीव्रताका साथ अगाडि बढाइएको जनाउँदै उहाँले यो सङ्कटपूर्ण घडीमा सरकारले गरेका निर्णयको कार्यान्वयनमा अहोरात्र खटिरहनुभएका चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, पत्रकार, नागरिकलाई सम्मान र विशेष धन्यवाद ज्ञापनका साथ  परिस्थिति सामान्य नहुँदासम्म धैर्य गर्न र सङ्क्रमणबाट जोगिन उच्च सतर्कता एवं स्वास्थ्य सावधानी अपनाउन सबैमा अपिल गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की