Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका संक्रमित भारतबाट आएका थिए

२०७७, ७ जेष्ठ बुधबार १६:३४

जेठ ७, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ । सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताउनुभयो । उनी घर पुगेपछि गाउँलेले क्वारेन्टिन पुर्याएको बताइएको छ । उनी सुस्ताको बेल्वानी क्वारेन्टिनमा बसेका छन् । उनीसँगै आएको डुङ्गामा दुई सुरक्षाकर्मीसहित सात जना आएको खुलेको छ । उनलाई भाइले मोटरसाइकलमा बसालेर क्वारेन्टिन पुर्याएकोले उनको पिसिआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीको टोलीले उनको टे«सिङ्ग गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताउनुभयो । यही जेठ ३ गते स्वाब सङ्कलन गरी पठाइएकामा ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएको र स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । सुस्ता गाउँपालिकाबाट पछिल्लो पटक ५५ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा अन्यको नतिजा नेगेटिभ आएको छ । टे«सिङ्गको काम सकिएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 यससँगै पश्चिम नवलपरासीमा कोरोना सङ्क्रमित दुई पुगेका छन् । यसअघि प्रतापपुर गाउँपालिका–५ का एक युवकमा सङ्क्रमण पुष्टि भएको थियो । उनको भीम अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी