साउन ५, भक्तपुर । भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लागत सङ्कलन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, भक्तपुर । भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लागत सङ्कलन"/>
२०८२, २० फाल्गुन बुधबार
भक्तपुर - BKT

सांसदले भूकम्पपीडितको लागत सङ्कलन गर्ने

२०७३, ५ श्रावण बुधबार ०६:२३

साउन ५, भक्तपुर । भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। 

छलफलमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले भूकम्पपीडितको लगत सङ्कलनमा अब कोही छुट्न नहुने बताउँदै पुनःनिर्माणको कार्यलाई छिटो अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताए। जिल्ला समन्वय समितिका संयोजक एवम् सांसद अनुराधा थापामगरले एउटै घरमा छुट्टा भिन्नै बसेका भूकम्पपीडित जसको अन्यत्र बास नभएका अवस्थामा त्यस्ता भूकम्पपीडितलाई लागत सङ्कलनमा समेटिनुपर्नेमा जोड दिइन् । त्यसअवसरमा सांसद प्रेम सुवाल, रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले लागत सङ्कलन कार्यलाई सबैले सघाउनुपर्नेमा जोड दिए।

पुनःनिर्माण प्राधिकरणका सहसचिव खेमराज कोइराला, समितिका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, लगत सङ्कलन कार्यालयका निर्देशक धर्मरत्न बज्रचार्यलगायतले लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। छलफलले प्राधिकरणबाट भएका कार्यमा समन्वय र अनुगमन गर्ने, समीक्षा गर्ने, कसैले ऐन विपरित कार्य गरेमा कारबाहीको सिफारिस गर्ने, पुनःनिर्माण कार्यमा समन्वय गर्ने, पुनःनिर्माणमा रकम अपुग भएका थप रकम माग गर्ने निर्णय गरेको छ। 

भूकम्पले जोखिमपूर्ण घर भत्काउने, भग्नावशेष व्यवस्थापन गर्न प्राधिकरण एवम् स्थानीय निकायसँग समन्वय गर्ने, गैससबाट भूकम्पका नाममा भएका काम विवरण सङ्कलन गर्ने, भूकम्पमा परेर भक्तपुर अस्पतालमा उपचार गराएका घाइतेको उपचार खर्च दिन पहल गर्ने निर्णय भएको छ। छलफलमा पुनःनिर्माणका क्रममा पीडितलाई काठ, बालुवा गिट्टी, डन्डीलगायत सरल र सहज ढङ्गले उपलब्ध गराउने, भूकम्पबाट भएको क्षति विवरण अविलम्ब तयार गरी छिटो अनुदान रकम वितरण गर्न पहल गर्ने निर्णय गरिएको छ। 

 भक्तपुर र मध्यपुरथिमि नगरपालिकाबाट सबै तथ्याङ्क आई नपुगेकाले आजदेखि गर्ने भनिएको लगत सङ्कलन कार्य दुई दिन ढिलो हुने भएको छ। छलफलमा लगत सङ्कलन गर्न घरघरमा जाने टोली भने जनताको आवश्यकताअनुसार बिहानदेखि नै खटिन सक्ने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला