२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

भारतबाट फर्केकामा पिसिआर परीक्षण

२०७७, ११ जेष्ठ आईतवार ०३:२९

जेठ ११, पाल्पा | सीमानामा अलपत्र  नागरिकलाई उद्धार गरिएको छ । पाल्पाका स्थानीय तहको पहलमा  कृष्णनगर र  सुनौली नाकामा अलपत्र अवस्थाका युवकयुवतीलाई पाल्पा ल्याइएको छ ।

भारतबाट फर्केकालाई कोरोना परीक्षण गरी गाउँपालिका पठाउन सदरमुकाम तानसेनमा होल्डिङ क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । भारतबाट पाल्पा आउनेलाई  क्वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइएको कोरोना हेल्पडेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पिसिआर गरिएको छ । रामपुर नगरपालिकामा २४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा तीन, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहुका एक र बाग्लुङका चार जनाको तानसेन क्वारेन्टिनमा पिसिआर परीक्षण गरिएको संयोजक भट्टराईले बताउनुभयो ।

कृष्ण नगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको छ । कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७  र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्वारेन्टिनमा राखिएको संयोजक भटटराई बताउनुभयो ।  तानसेनस्थित होल्डिङ क्वारेन्टिनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको बताइएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने