२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

आमाको हत्यापछि युवकद्वारा आत्महत्या

२०७७, १५ जेष्ठ बिहीबार ०९:३०

जेठ १५, विराटनगर । सामान्य विवादमा आमाको हत्या गरी एक युवकले बिहीबार आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् ।

खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए । छोराले इँटा प्रहारका कारण आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

आमाको हत्यापछि ति युवकले आफ्नै घाँटी रेटेरका थिए । गम्भीर घाइते अवस्थामा रहेका लिम्बुलाई स्थानीय नोबेल सामुदायिक अस्पताल बेलबारीका उपचारका क्रममा मृत्यु भएको हो ।

आमालाई इटा प्रहार गरी घरबाट निस्किएका जीवनले छिमेकीको भान्साबाट चक्कु निकालेर आफ्नो घाटी रेटेको प्रहरीले जनाएको छ । घटनालगत्तै पुगेको प्रहरीले उपचारका लागि जीवनलाई अस्पताल पुर्‍याएको थियो ।प्रारम्भिक अनुसन्धानबाट हत्या र आत्महत्याको कारण लागूऔषध रहेको पाइएको  प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते