२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्तामा ११ जनामा आरडिटि पोजेटिभ

२०७७, १७ जेष्ठ शनिबार १३:३९

श्याम थापा | जेठ १७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ११ जनामा र्यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि पोजेटिभ देखिएको छ । सुस्ताको ७ स्थानमा रहेको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु मध्ये ९१ जनाको र्यापिड टेष्ट गर्ने क्रममा ११ जनामा आरडिटि पोजेटिभ देखिएको हो । क्वारेन्टाईनमा १४ दिन सम्म पूरा बसिसकेका ब्यक्तिहरुलाई र्यापिड टेस्ट गर्दा ११ जना पुरुषमा पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिनेमा सुस्ता १ को राष्ट्रिय मा बि छिबनी क्वारेन्टाइनमा ११ जनालाई र्यापिड टेस्ट मध्ये १ जनामा पोजेटिभ,सुस्ता २ को युनाइटेड एकाडेमी क्वारेन्टाइनमा १२ जनाको र्यापिड टेस्ट मध्ये ४ जनाको पोजेटिभ,सुस्ता ३ को नारायणी गण्डकी आधारभुत बिधालय पथरकला क्वारेन्टाइनमा २२ जनाको र्यापिड टेस्ट मध्ये २ जनामा पोजेटिभ,सुस्ता ४ को नेपाल राष्ट्रिय मा बि नर्सही क्वारेन्टाइनमा २० जनाको र्यापिड टेस्ट मध्ये २० जनाको नेगेटिभ देखिएको छ भने सुस्ता ५ पक्लिहवाको बेलवानी क्वारेन्टाइनमा ५ जना र्यापिड टेस्ट मध्ये १ जनामा पोजेटिभ र शिव गङ्गा प्रा बि क्वारेन्टाइनमा २१ जनामा र्यापिड टेस्ट मध्ये ३ जनामा पोजेटिभ देखिएको छ ।

र्यापिड टेस्टमा पोजेटिभ देखिएका ११ जनाको स्वाब संकलन गरि आइतबार पिसिआर परिक्षणका लागी पठाईने जिल्ला स्वास्थ कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनु भएको छ ।

पछिल्लो समय सुस्तामा ४० जनाको स्वाब संकलन गरि पिसिआर नमुना परिक्षणका लागी पालिकाबाट स्वाब पठाएको छ भने पिसिआर रिपोर्ट आउन बाँकि रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ढकालले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने