२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीको मुगु कोरोनाको उच्च जोखीममा

१९ जेष्ठ २०७७, सोमबार ०३:०७

दान बहादुर बुढा | जेठ १९, मुगु | बिश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ ले पछिल्लो समयमा नेपालमा दिन-प्रतिदीन खरायो गति लिईराहेको छ । तर मुगुमा भने उच्च सतर्कता नअपनआउदा उच्च जोखीमको खतरा रहेको छ ।

अहिलेसम्म मुगु जिल्लामा कोरोना संक्रमित नभेटिएको अवस्थामा केही दिन यता भारतको बिभिन्न शहरमा रोजिरोटी र जीवन निर्वाहको लागि भारत गएका मुगालीहरु दिन प्रति-दिन जिल्ला घर फर्कन वा भित्रीनथालेपछि  र सरोकारवालाहरु अव मुगु जिल्लामा पनि कोरोना भाईरसले छुन्छकी भन्ने ठूलो चिन्तामा परेका छन् ।

केहीदिन पहिला मुगु जिल्लामा रहेका स्थानिय तह छायानाथ रारा नगरपालिका, सोरु गाँउपालिका र मुगककामारोङ्ग गाँउपालिकाले जिल्ला बाहिर रहेका स्थानिय बासिहरुको उदर गरेर जिल्ला भित्रिएका थिए भने उक्त स्थानिय बासीहरु होम क्वारेन्टाईनमा बस्ने गरेका थिए भने पछिल्लो समयमा  भारतमा रहेका सयौं संख्याका  मुगालीहरु घर फर्कन लाग्दा कोरोनाको उच्च जोखीममा रहेको देखिन्छ । खत्याड गाँउपालिकाले जिल्ला बाहिर रहेका स्थानिय बासीहरुलाई जो जहा रहेका छन् त्यहि स्थानमा राहत बितरण गरेको थियो भने भारतबाट आएका स्थानिय बासीहरुलाई खत्याडको हा्रयाले खाडा भन्ने स्थानमा २ सय ५० जनालाई क्यारेन्टटाईनमा राखेका छन् ।


छायानाथ रारा नगरपालिकाले १४ जना, सोरु गाँउपालिकाले ५२ जनालाई क्वारेन्टटाईनमा राखेका छन् भने पछिल्लो समयमा हिजोआज सबैभन्दा बढी दैनिक सोरु गाँउपालिका स्थानिय बासीहरु भारतबाट ४० जना अभान्दा बढी जिल्ला भित्रीने गरेका छन् । यीनलाई क्वारेन्टाईनमा राख्न, सरसफाईमा ध्यान दिन र किटको ब्याबस्थापन गर्नको लागी स्थानिय तहतिर जानकारी गराएको प्रमुख जिल्ला अधिकारी कृष्ण कृमार निरौलाले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीका अनुसार सबैभन्दा समस्या पर्नेको कोरोना भाईरस परिक्षण गर्ने किटको जिल्लामा अभाव रहेको छ । सरोकारवाला स्थानिय तहरुलाई किटको ब्यावस्थापनको लागी बढी जोड दिन अनुरोध गरिएको छ ।

जिल्लामा रहेको सदरमुका गमगढी बजारमा रहेको छायाँनाथ रारा नगरपालिका मुगु जिल्लाको उच्च जोखीममा रहेको बाहिरी जिल्ला आएर सोरु गाँउपालिका, मुगमकामारोङ्ग गाँउपालिका र हुम्ला जिल्ला प्रबेश गर्ने मुख्य ढोका भएको हुदा कोरोनाको उच्च जोखीममा रहेको हुदा कोभिड १९ को रोकथाम र संक्रमणबाट बच्नको लागी जिल्लामा रहेका सरोकार वाला निकायहरुसंग सहकार्य गरेर अघि बढ्ने र कोरोना भाईरसको किट नभएको हुँदा केही दिनमा खरीद गरी क्वारेन्टटाईममा बसेका ब्याक्तिहरु र कोरोनाको उच्च जोखिममा रहेको ब्याक्तिलाई परिक्षण गर्ने गरि तयारी गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीले बताएका छन ।

जिल्लामा रहेका चार स्थानिय तहमा निमार्ण गरिएका क्वारेन्टटाईनहरुको जिल्लामा रहेको रेकर्ड अनुसार २१ स्थानमा ३ सय ७६ वटा वेड रहेपनि नेपाल सरकारको मापदण्ड निती अनुसार नरहेको कुनै ठाँउमा त क्यारेन्टटाईन पनि नरहेको, कपडा, वेड, खाना, नास्ता, लगायत सरसफाईको ब्याबस्था नभएको क्वारेन्टटाईनमा बस्ने एक जना स्थानिय बासीले जानकारी गराएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान