२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङ्क्रमण

२०७७, २५ जेष्ठ आईतवार ०५:३३

जेठ २५, बर्दिया | बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ ।  भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । 

उनी दुई दिनअघि सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई  काठमाडौंँबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने  प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि