२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नाबालकसहित आठमा सङ्क्रमण

२६ जेष्ठ २०७७, सोमबार १४:३४

जेठ २६, दाङ | दाङको गढवा गाउँपालिकामा भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङमा प्युठानका दुई नाबालकसहित आठ सङ्क्रमित भेटिएका छन् ।  प्युठान नगरपालिकाका  आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये वडा नं २ का तीन र  वडा नं ३ का पाँच जना छन् । सङ्क्रमित दुई वर्षीय बालक तथा १५, १६, १७, १८,१८,३२ र ३६ वर्षीय पुरुष छन् । 

यही जेठ ६ गते आएका  गढवा गाउँपालिकाका दुई जनामा जेठ १५ गते पिसिआर पोजेटिभ देखिएपछि खोजी गरिएकामा प्युठान नगरपालिकाका सँगै आएका दुईसहित ३३ जनाको पिसिआर परीक्षणमा आज आठ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । 

भारतका चेन्नेइ, चण्डिगढ र जालन्धरबाट आएका उनीहरुलाई कृष्णनगरबाट प्युठान – ३ स्थित सरस्वती प्राविको क्वारेन्टिनमा राखिको थियो । उनीहरु क्वारेन्टिनको सम्पर्कमा आएपछि  पोजेटिभ देखिएको प्रमुख सुवेदीले बताउनुभयो । गढवामा पोजेटिभ देखिएकासँगै आएका ३१ मध्ये प्युठान नगरपालिकाका दुई तथा गाउँपालिका मल्लरानीका चार र सरुमारानीका २५  छन् । तीमध्ये सरुमारानीका एक जनामा आइतबार कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।  

उनीहरुसँगै आएका सरुमारानीका १९ वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएपछि आज सोमबार आइसोलेशन अस्पताल दाङ पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् । 

दम्पतीसहित १८ सङ्क्रमित

राजापुर– बर्दियामा आज एकैदिन १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिका मधुवन र  बारबर्दियाका दुईदुई, ठाकुरबाबाका तीन र बाँसगढीका नौ गरी १८  कोरोना सङ्क्रमित थपिएका छन् । बारबर्दियामा पहिलो पटक कोरोना सङ्क्रमित हुने श्रीमान् र श्रीमती भएको बताइएको छ  । बारबर्दिया –७ रम्मापुरका ३४ वर्षीय र ३३ वर्षीया दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो  । 

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट उनीहरु १६ दिनअघि भारतको राजस्थानबाट घर फर्केका थिए । उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । कोरोना परीक्षण गरेर घर फर्काउने बेलामा रिपोर्ट पोजेटिभ आएको थियो । सङक्रमित दम्पतीलाई जयनगरस्थित आइसोलेशनमा राखिने नगर प्रमुख थारुले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की