Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

वन्यजन्तुबाट हुने क्षति कम भएपछि कावासोतीका स्थानीयवासी खुशी

२०७७, २९ जेष्ठ बिहीबार ०५:४६

जेठ २९, कावासोती। “दिनहुँजसो जङ्गलबाट गैँडा, बदेल आएर मकै, तरकारी सबै खाने गर्दथ्यो अहिले जोगिएको छ, हामीलाई खुशी लागेको छ”, कावासोती नगरपालिका–१२ का स्थानीय बहादुर थनेतले भन्नुभयो, “धानखेतमा गैँडा आएर खाने, आहाल खेल्ने गर्दथ्यो अहिले सबै जोगिएको छ ।”

कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रमा जोडिएका वडामा पक्की पर्खालसहितको मेस जाली निर्माण गरेपछि वन्यजन्तुले पुर्याउँदै आएको क्षति रोकिँदा यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो आउने वन्यजन्तुले बालीनाली खाइदिने, मानिसलाई समेत हान्ने गर्दा समस्यामा रहेको यस क्षेत्रका बासिन्दा पक्की पर्खालसहितको मेस जाली निर्माण भएपछि खुशी भएका हुन् ।

“धान, मकै, तोरी, तरकारी जे लगाए पनि वन्यजन्तुले खाइदिन्थ्यो, पर्खाल लगाउनाले जोगिएको छ”, थनेतले थप्नुभयो, “हिँडडुल गर्नेलाई समेत डरैडर हुने गर्दथ्यो अहिले आनन्द छ ।” अर्का स्थानीय अमरसिंह थनेतलाई पनि नगरपालिकाले पर्खाल लगाएपछि आफूहरु सुरक्षित भएको लागेको छ । निकुञ्जबाट आउने गैँडाले मानिसलाई समेत हान्ने क्षति गर्ने गरेकामा अहिले रोकिएकामा आफूहरुलाई खुशी लागेको उहाँले बताउनुभयो । 

“पर्खाल नबनाउँदा सबै खाइदिन्थ्यो, मान्छेलाई हान्थ्यो, अहिले रोकिएको छ हामीलाई खुशी लागेको छ”, अमर सिंहले भन्नुभयो । कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रसँग जोडिएको सात वडामा पक्की पर्खालसहितको मेस जाली लगाउने कामलाई प्राथमिकता दिँदै आएको छ । चालू आर्थिक वर्षमा मात्रै सात वडामा रु पाँच करोड ५० लाख विनियोजन गरी आठ हजार ३०० मिटर क्षेत्रमा पर्खाल लगाउने काम गरिरहेको छ । अहिले केही वडाको काम सम्पन्न भइसकेको छ । गएको आर्थिक वर्षमा समेत दुई वडामा रु १५ लाख विनियोजन गरी पक्की पर्खालसहितको मेसजाली निर्माण गरेको थियो ।

 कावासोती नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएको १९ किलोमिटर क्षेत्रमा क्रमशः पक्की पर्खालसहितको मेसजाली निर्माण गरिने कावासोती नगरपालका उपप्रमुख पे्रमशङ्कर मर्दनिया थारूले बताउनुभयो । यस क्षेत्रमा डिभिजन वन कार्यालयमार्फतसमेत केही क्षेत्रमा पक्की पर्खालसहितको मेसजाली निर्माण गरिएको छ । हाल निर्माणकार्य जारी रहेको काम सम्पन्न भएमा करिब १० किलोमिटर क्षेत्रमा पक्की पर्खालसहितको मेसजाली निर्माणको काम सम्पन्न हुनेछ । बाँकी रहने करिब नौ किलोमिटर क्षेत्रमा समेत क्रमशः निर्माणको काम हुने उपप्रमुख मर्दनियाले बताउनुभयो ।

“पर्खालसहितको मेसजाली लगाएपछि यस क्षेत्रका बासिन्दाले पर्खालसम्म नै अन्नबाली लगाउन पाएका छन्, हिजो बाघ, गैँडा, अन्य वन्यजन्तु आएर मानवीय क्षति, बालीनालीमा क्षति पु¥याउने गथ्र्याे, अहिले त्यो रोकिएको छ”, उपप्रमुख मर्दनियाले भन्नुभयो, “सो क्षेत्रका बासिन्दालाई वन्यजन्तुले गर्ने क्षतिबाट धेरै राहत मिलेको छ ।”

 वन क्षेत्रसँगै जोडिएको वडामध्येको एक कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीका अनुसार अघिल्ला वर्षमा वन्यजन्तुले क्षति पुर्याउने डरले बाँझो रहने जमिनमा अहिले किसानले खेती गर्न शुरु गरेका छन् । “पर्खाल लगाउनुभन्दा अगाडि वन्यजन्तु आएर अन्नबाली खाइदिने, खेती लगायो कहिल्यै पूरा भित्र्याउन पाएका थिएनन्, अहिले राम्रो भएको छ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “हिँडडुल गर्नसमेत समस्या भएकामा अहिले सहज भएको छ ।”

 यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाघेर, चुडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पक्की पर्खालसहितको मेसजाली निर्माण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी