पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । बेपत्ता २ जनाको शव फेला परेसंगै मृतकको संख्या पाँच पुगेको हो । भने अझै ४ जना बेपत्ता भएका छन् ।

बस्तीभन्दा ३०० मिटिर माथीबाट झरेको पहिरोका कारण २ घर पहिरोमा परेका हुन् । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र ९ बर्षिया दिवीसा थापा नातिनीका रहेका छन् । त्यस्तै दिपा थापा र कमला विकको पनि शव फेला परेको छ ।

बेपत्ता हुनेहरुमा सम्राट थापा,विवेक थापा ,जेनिस विक र प्रमिसा विक रहेका छन् । उनिहरुको खोजि कार्य जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको को छ ।