पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । पर्वतमा पहिरोमा पुरिएका ७ जनाको शव फेला परेको छ । भने अझै २जना बेपत्ता भएका छन् ।

बस्तीभन्दा ३०० मिटिर माथीबाट झरेको पहिरोका कारण २ घर पहिरोमा परेका हुन् । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र ९ बर्षिया दिवीसा थापा नातिनीका रहेका छन् । त्यस्तै दिपा थापा, कमला विक, सम्राट थापा र विवेक थापाको शव भेटिएको हो ।

जेनिस विक र प्रमिसाको खोजी कार्य जारी रहेको जिप्रकाले जनाएको छ ।