२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ जिल्लाका क्वारेन्टिनमा बसेका ८०० बढीको रिपोर्ट आउन बाँकी

१ असार २०७७, सोमबार ०९:५०

असार १, गलकोट। बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका एक हजार ७०० बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेको छ । 

अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर स्वाब सङ्कलन गरिरहेको छ । यद्यपि पोखरामा पिसिआर रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टिनमा बसेका थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाई भएको गुनासो गरेका छन् । 

पोखरामा स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमखु सुरज गुरौँले जानकारी दिनुभयो ।  “हामीले स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएका ८०० बढीको रिपोर्ट आउन बाँकी छ” गुरौले भन्नुभयो,“लामो समय क्वारेन्टिनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्, अब पिसिआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाइरहेका छौं ।”

गुरौका अनुसार, अझै ४०० बढीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न नै बाँकी छ । पोखरा पिसिआरका लागि स्वाब पठाएकाहरुको हकमा भने १४ दिन पुगिसके पनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ । यसका लागि छलफल चलिरहेको र चाडै निर्णयमा पुगिने गुरौले जानकारी दिनुभयो । अहिले जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जसमा सुरुवाती दुई र पछिल्लो साता ६ जना गरेर ८ जना घर फर्किएका छन् । बाँकी धौलागिरि अस्पताल, धौलागिरि क्याम्पस र बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रि आइसोलेसनमा उपचाररत छन् । रिपोर्ट ढिलो आउँदा सङ्क्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य