२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे

२०७७, ४ असार बिहीबार ०३:२०

असार ४, कास्की | गण्डकी प्रदेशको नवलपरासी(बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीमा १८, तनहुँमा १२, गोर्खामा ११, पर्वतमा पाँच र मनाङमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । 

मनाङमा पहिलोपटक सङ्क्रमण देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । 

त्यसैगरी नवलपरासीको मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४०, ३० र ३९ वर्षका १५ जना तथा उमेर नखुलेको दुई जना पुरुष र गैँडाकोट नगरपालिकाका २८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ । 

तनहुँमा ऋषिङ गाउँपालिकामा ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षका पुरुष, शुक्लागण्डकी नगरपालिकाका २१ वर्षका पुरुष तथा भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका पुरुष छन् । गोर्खामा पालुङटार नगरपालिकाका वर्ष  ४६, ४५, ४३, २८, २३ र ४१ वर्षका पुरुष, ४० वर्षीया एक महिला तथा शहीद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिनुभयो । 

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४२ एक पुरुष र वर्ष २० का एक जना महिला, मोदी गाउँपालिका वर्ष ३० का एक पुरुष तथा फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३० र ३७ का दुई पुरुषमा सङ्क्रमण देखिएको हो । 

मनाङबाहेकका अन्य सबै सङ्क्रमित भातबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका भएको अहिले सबैलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म २९४ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको  मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । 

अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ८४, बागलुङमा ४१, पर्वतमा ३४, गोर्खामा ३६, तनहुँमा २३, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङ र मनाङमा एक/जना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्यमा १५ जना महिला छन् । सङ्क्रमितमध्ये २२ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन(स्वाब) लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल