९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे

४ असार २०७७, बिहीबार ०३:२०

असार ४, कास्की | गण्डकी प्रदेशको नवलपरासी(बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीमा १८, तनहुँमा १२, गोर्खामा ११, पर्वतमा पाँच र मनाङमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । 

मनाङमा पहिलोपटक सङ्क्रमण देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । 

त्यसैगरी नवलपरासीको मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४०, ३० र ३९ वर्षका १५ जना तथा उमेर नखुलेको दुई जना पुरुष र गैँडाकोट नगरपालिकाका २८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ । 

तनहुँमा ऋषिङ गाउँपालिकामा ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षका पुरुष, शुक्लागण्डकी नगरपालिकाका २१ वर्षका पुरुष तथा भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका पुरुष छन् । गोर्खामा पालुङटार नगरपालिकाका वर्ष  ४६, ४५, ४३, २८, २३ र ४१ वर्षका पुरुष, ४० वर्षीया एक महिला तथा शहीद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिनुभयो । 

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४२ एक पुरुष र वर्ष २० का एक जना महिला, मोदी गाउँपालिका वर्ष ३० का एक पुरुष तथा फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३० र ३७ का दुई पुरुषमा सङ्क्रमण देखिएको हो । 

मनाङबाहेकका अन्य सबै सङ्क्रमित भातबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका भएको अहिले सबैलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म २९४ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको  मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । 

अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ८४, बागलुङमा ४१, पर्वतमा ३४, गोर्खामा ३६, तनहुँमा २३, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङ र मनाङमा एक/जना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्यमा १५ जना महिला छन् । सङ्क्रमितमध्ये २२ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन(स्वाब) लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने