४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

सङ्क्रमितसँगै रहेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै घर पठाइयो

४ असार २०७७, बिहीबार १३:१३

असार ४, बाजुरा | जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन् । 

कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

धुरालसैन माविको क्वारेन्टिनमा बस्ने करिब १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयवासीको छ । त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टिनमा रहेकालाई पनि २३ दिनसम्म पिसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ । 

१७२ को पिसीआर रिर्पोर्ट नेगेटिभ

जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा रहेका १७२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशालामा थन्किएको स्वाबको बुधबार साँझ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत प्रमुख दयाकृष्ण पन्तले बताउनुभएको छ । जाँच गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको र अझै धेरै जनाको रिपोर्ट आउन बाँकी रहेको पन्तले जानकारी दिएका छन् ।

१३३ जनाको स्वाब सङ्कलन

बाजुराको त्रिवेणी नगरपालिका स्वास्थ्य शाखाले आरडिटीका क्रममा पोजेटिभ आएकाहरुको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । यसअघि गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेकाहरुको आरडिटीका क्रममा पोजेटिभ आएकाको स्वाब सङ्कलन कार्य शुरु गरिएको नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापाले जानकारी दिनुभएको छ । ११६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार पहिलो दिन पार्वती माविबाट २७, महालक्ष्मी आधारभूत विद्यालयबाट एक, खिन्नै सत्यदेवी आधारभूत विद्यालयबाट १७ जनाको स्वाब सङ्कलन गरिएको छ ।

त्यस्तै त्रिवेणीकै रत्न मावि सेलिफालबाट २०, नवदुर्गा आधारभूत विद्यालयबाट सात, नाटेश्वरी आधारभूत विद्यालयबाट पाँच, नरसिंह निमाविबाट ११, कैलाशेश्वरी मावि दम्था वडा नं ७, ८ र ९ का २८ जना क्वारेन्टिनमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ