Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मध्यपहाडी लोकमार्गमा पहिरो, पर्वत बागलुङ सडकखण्ड अवरुद्ध

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ जोड्ने सडकको घुम्तीबाट पहिरो खसेको हो । सडक अबरुद्ध भएपछि सवारीसाधनहरु रोकिएका छन ।

पहिरोका कारण ३३ केभिए बिद्युत प्रसारणलाईन पनि अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रले जनाएको छ । पहिरोले पोलमा क्षति पुर्याएका कारण म्याग्दी र बागलुङमा बिद्युत सेवा अबरुद्ध भएको छ ।

वर्षाका कारण बाटो खुलाउने काममा अवरुद्ध भएको छ ।