Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बालबालिकामा कोरोनाको डरः अभिभावकले समय दिनुपर्ने सुझाव

२०७७, ६ असार शनिबार ०७:३७

असार ६, घोडाघोडी। कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित हुनुहुन्थ्यो । साजनका मनमा  एक किसिमको डर थियो  कोरोना । 

लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका  विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करीब एक महिना चिन्तामा बस्नुभएका उहाँका अभिभावकले अनेक प्रयासले सम्झाएपछि बल्ल उहाँ निडर बन्न थाल्नुभएको छ  । कोरोना अरू रोग जस्तै सामान्य भएको र  मानिस सञ्चो  भएको कुरा सुनेर अहिले साजन त्यत्ति चिन्ता लिनुहुँदैन । 

भारतबाट अभिभावकसँगै फर्किनुभएकी घोडाघोडी नगरपालिका–५ की १२ वर्षीया चौधरीले क्वारेन्टिनमा अभिभावकसँगै दुई हप्ता बसेर घर फर्कँदा कैदी थुनिने कारागार बसेर आएझैँ लागेको बताउनुभयो । क्वारेन्टिनमा बस्दा सँगै बसेकाहरूले कोरोनाले सबैलाई सिध्याउँछ के गर्ने होला भनेको सुनेदेखि चौधरीलाई कोरोना एकदमै खतरनाक रहेछ भन्ने लागेको थियो । कोरोना लागेकै कारण आफूहरूलाई क्वारेन्टिनमा राखेको होला भन्ने सोचले पिरोलिने चौधरी अभिभावक र स्वास्थ्यकर्मीले सम्झाएपछि चिन्ता कम बनाएको बताउनुहुन्छ ।    

  कोरोनाका कारण बालबालिकाको मानसपटलमा परेको असरबारे यी दुई घटना उदाहरण मात्र हुन् । नेपालमा पछिल्लो समय आक्रामक रूपमा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास तथा क्वारेन्टिनमा बस्नुपर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकार भएकाहरुले आग्रह गरेका छन् । 

कोरोनाको त्रासले बालबालिकामा विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने मनोविमर्शकर्ता सीता भण्डारी बताउनुहुन्छ । सङ्क्रमण जोखिमका कारण  शैक्षिक संस्था अझै  केही समय बन्द हुने  भएको, लकडाउनका कारण असहज बन्दै गएको जनजीवन आगामी केही महिनासम्म पूर्णरुपमा सहज नहुने  भएको, यसबीच बालबालिकाको दैनिक जीवन सामान्यावस्थामा फर्कने अवस्था नदेखिएको  तथा ती लामो समय क्वारेन्टिन र आइसोलेशनमा रहँदाको तनावसमेत थपिँदा गम्भीर परिणाम देखिन सक्ने भण्डारीको भनाइ छ  । 

लामो समय विद्यालय बिदा भई घरमै बसिरहँदा र क्वारेन्टिनको तनावपूर्ण वातावरणले बालबालिकाको व्यावहारिक, भावनात्मक र सामाजिक विकासमा नकारात्मक असर पु¥याउने हुँदा उनीहरूसँग मित्रवत् व्यवहारका साथै अभिभावकले बढी समय दिनुपर्ने मनेविमर्शकर्ता भण्डारीको तर्क छ । बालबालिकामा  कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहने भण्डारी बताउनुहुन्छ ।  

 विद्यालय बन्द हुनाले सबैभन्दा ठूलो प्रत्यक्ष असर तिनमा परेको एसओएस बालग्राममा बालबालिकामा देखिने मानसिक समस्या सम्बन्धी परामर्श दिइरहनुभएका सहजकर्ता दिनेश भट्टराईको भनाइ छ । ‘बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा  विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले  मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ’, भट्टराई सुझाव दिनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश