२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रदेशदेखि वडास्तरका अनुगमन समिति सक्रिय बनाइँदै

९ असार २०७७, मंगलवार ०३:०२

असार ९, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशदेखि वडापालिका स्तरसम्मका गठित अनुगमन समितिलाई सक्रिय बनाउने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् तथा कार्यकारी समितिका संयोजक एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले कर्णाली प्रदेशका सम्पूर्ण जिल्ला, पालिका र वडास्तरमा गठित अनुगमन समितिहरुलाई कालोबजारी नियन्त्रण गर्न र क्वारेन्टिन मापदण्डअनुरुप सञ्चालन गर्न सक्रिय बनाउने निर्णय गरेको हो ।

अनुगमनलाई चरणबद्धरूपमा अगाडि बढाउन पहिलो चरणमा यही असार १० देखि २० गतेसम्म प्रदेशभरका अनुगमन संयन्त्रमातहत कार्यदल परिचालन गर्ने निर्णय बैठकले गरेको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशभरिका क्वारेन्टिन र आइसोलेसन कक्षहरु विश्व स्वास्थ्य सङ्गठनको मापदण्डसँग सापेक्ष हुने गरी निर्माण तथा व्यवस्थापन गर्न गराउन र क्षमता विस्तार गर्नेतर्फ अग्रसर हुन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

“बैंकिङ तथा वित्तीय संस्था, औषधि, खाद्यान्नलगायतका पसलहरु र अन्य सार्वजनिक स्थलहरुमा भौतिक दूरी कायम गरी मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रयोगको व्यवस्थाका लागि सरोकारवाला निकायलाई परिचालन गरिनेछ,” मन्त्री भण्डारीले भन्नुभयो, “प्रदेशमा गठित विभिन्न स्तरका अनुगमन समितिलाई कार्यप्रगतिको समीक्षा गरी त्यसको प्रतिवेदन उच्चस्तरीय अनुगमन समितिमा पठाउने व्यवस्था गर्नेसमेतको पनि निर्णय भएको छ ।”

त्यसैगरी, मूल्य सूची सार्वजनिक गर्नुका साथै भौतिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था गर्न प्रशासन, सुरक्षा निकायलगायत सरोकारवालालाई परिचालन गर्ने, सुरक्षा निकायको सतर्कता चौबिसै घण्टा रहने गरी व्यवस्थापन गर्ने गराउने, बजार अनुगमन गरी खाद्य, औषधिजन्य र निर्माण सामग्रीको अवस्था अभिलेख राख्ने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको उहाँको भनाइ छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशमा रहेको हटलाइन सेवा १११० र फोन नं ०८३–५२१३५० मा कालोबजारी र क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धी सूचना दिन सम्पूर्ण नागरिकलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की