२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरभाडा छुट दिने १७ घरबेटी सम्मानित

१२ असार २०७७, शुक्रबार ०४:४८

असार १२, वालिङ | लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो ।

“लकडाउनका समयमा दैनिक गुजारा गर्ने अति विपन्न समुदाय तथा घरभाडामा लिई पसल सञ्चालन व्यवसायीप्रति भएको क्षतिलाई मध्यनजर गरी घरभाडा छुट दिने अभियान कार्यान्वयनमा जोड दियौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “आर्थिक सङ्कटका बाबजुत पनि व्यवसायी तथा अति विपन्न समुदायका परिवारलाई पनि घर भाडा छुट दिएर सकारात्मक सन्देश दिनुभएकोमा आभार व्यक्त गर्दछौँ ।” 

लकडाउनका समयमा घरभाडा छुट दिने अन्य घरबेटीको पनि विवरण सङ्कलन भइरहकाले दोस्रो चरणमा पुनः सम्मान गर्ने तयारी रहेको सङ्घका कार्यकारी सचिव बाबुराम रेग्मीले बताउनुभयो । घरबेटीले लकडाउनका समयमा एकदेखि तीन महीनासम्मको घरभाडामा छुट दिएका हुन् । 

लकडाउनका समयमा व्यापार व्यवसाय तथा दैनिक कामकाज गरेर जीविकोपार्जन गर्ने समुदाय आर्थिक सङ्कटमा परेका बेला घरभाडा छुट दिएर आफूले सहयोग गरेको वालिङ रामबाच्छाका पदमराज गुरुङले बताउनुभयो । वालिङ नगरपालिकाभित्रका चुनमाया गुरुङ, नौबहादुर गुरुङ, सुमन गुरुङ, छलीमाय गुरुङ, दलबहादुर गुरुङ, क्याप्टेन रुकबहादुर गुरुङ, पदमराज गुरुङ, नमु मश्राङ्गी मगर, चौबहादुर गुरुङ, हेमप्रसाद गैह्रे, श्यामप्रसाद डुम्रे, खुमा अर्याल, पदमबहादुर खत्री, नीलकण्ठ भट्टराई, सेवाकुमारी गुरुङ, मञ्जु केसी, शम्भु अर्यालले घरभाडा छुट दिएसँगै सम्मान गरिएको वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान