2026-09-13 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

एक वर्षीय बालकले जिते कोरोना

असार १३, तनहुँ | तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा आज प्राप्त भएको रिपोर्टअनुसार बालक कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । डा श्रेष्ठका अनुसार एक वर्षीय बालकका २५ वर्षीय आमा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

त्यस्तै ऋषिङ गाउँपालिका–६ का २८ र २५ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रले जनाएको छ । चार जनाको नै असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । चार जनालाई नै सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर डिस्चार्ज गरिएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ का २२ वर्षीय युवक पनि कोरोना जितेर आज घर फर्किएका छन् । असार ५ गते कोरोना पुष्टि भएका ती युवकको पनि असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अजय श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएकामा तीनजना उपचारपछि घर फर्किएको जानकारी दिनुभयो ।

त्यसैगरी घिरिङ गाउँपालिका–१ का २६ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् । असार १ गते कोरोना पुष्टि भएका उनको असार ४ गते दोस्रो पिसिआर पोजिटिभ आएपछि असार ११ गते गरिएको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । ती युवालाई भने आइतबार स्थानीय तहको जिम्मामा डिस्चार्ज गरिने उपचार केन्द्रले जनाएको छ । 

जिल्लामा एक सय दुई जनामा कोरोना पुष्टि भएको छ भने १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । व्यास नगरपालिकाका एक, शुक्लागण्डकी नगरपालिकाका तीन, ऋषिङ गाउँपालिकाका सात, घिरिङ गाउँपालिकाका पाँच, आँबुखैरेनी गाउँपालिका एकजना कोरोना सङ्क्रमणमुक्त भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले