२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा वर्षाका कारण जमीन भासिन थालेपछि तीन घर विस्थापित १७ घर उच्च जोखिममा

१४ असार २०७७, आईतवार १०:५६

असार १४, गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

 लिफ्ट खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर र  डोजर चलाउँदा जमीन कमजोर बनेकाले खानेपानी आयोजनामाथिको बस्ती भासिने र  पहिरो जाने भएको हो । यस स्थानका दुई पक्की घर चर्किएको  तथा अन्य घर उच्च जोखिममा रहेको विस्थापित हुनुभएका घरधनी द्वारिका शाक्यले जानकारी दिनुभयो । 

दुई पक्की घरको पछाडिको पिलरसम्म पहिरो गएको र अन्य स्थानमा जमीन चर्केका कारण विस्थापन हुनुपरेको शाक्यको भनाइ छ । पहिरो गएपछि सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।  पहिरो गएको र जमीन चर्केका स्थानमा प्राविधिक आएर बस्न नमिल्ने भनेपछि भाडाको घरमा सरेको शाक्यको भनाइ छ ।

घर उच्च जोखिममा परेपछि शाक्यका परिवार र यहाँका अन्य दुई घर विस्थापित भएर अन्य स्थानमा सरेका छन् भने अन्य घरसमेत विस्थापित हुने क्रम जारी  छ । निरन्तरको वर्षात्का कारण बस्ती नजीकै रहेको कालिका कन्या मन्दिर विद्यालयसमेत जोखिममा परेको छ । 

पहिरो जान थालेपछि घर जोखिममा परेकाले जिल्ला प्रशासन कार्यालय, नगर खानेपानी तथा बागलुङ नगरपालिकालगायत निकायमा निवेदन दिइएको  पहिरोपीडित शुभकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।  बस्तीमुनि खानेपानी आयोजना बनाउँदा पहिरो गएका कारण माथिको बस्तीमा समस्या भएको हो । 

कम्फुटोलको घर वरिपरिको जमीन नै भासिन थालेको तथा अर्कातिर बजार क्षेत्रबाट आउने भलको व्यवस्थापनका लागि बनाइएको कुलोले घर धरापमा परेको श्रेष्ठले बताउनुभयो । “कुलोको सही व्यवस्थापन नै छैन, ढलान गरेको सबै फुटेको छ, पानी जमीनभित्र भित्र गएर घर नै जालाजस्तो भइसक्यो”, उहाँले भन्नुभयो, “दिउँसो पसल गछांैँ, राति भने भाडाको घरमा बस्न जाने गरेका छौँ ।” जतिसक्दो सम्बन्धित निकायले जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयवासीको माग  छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य