Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा वर्षाका कारण जमीन भासिन थालेपछि तीन घर विस्थापित १७ घर उच्च जोखिममा

२०७७, १४ असार आईतवार १०:५६

असार १४, गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

 लिफ्ट खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर र  डोजर चलाउँदा जमीन कमजोर बनेकाले खानेपानी आयोजनामाथिको बस्ती भासिने र  पहिरो जाने भएको हो । यस स्थानका दुई पक्की घर चर्किएको  तथा अन्य घर उच्च जोखिममा रहेको विस्थापित हुनुभएका घरधनी द्वारिका शाक्यले जानकारी दिनुभयो । 

दुई पक्की घरको पछाडिको पिलरसम्म पहिरो गएको र अन्य स्थानमा जमीन चर्केका कारण विस्थापन हुनुपरेको शाक्यको भनाइ छ । पहिरो गएपछि सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।  पहिरो गएको र जमीन चर्केका स्थानमा प्राविधिक आएर बस्न नमिल्ने भनेपछि भाडाको घरमा सरेको शाक्यको भनाइ छ ।

घर उच्च जोखिममा परेपछि शाक्यका परिवार र यहाँका अन्य दुई घर विस्थापित भएर अन्य स्थानमा सरेका छन् भने अन्य घरसमेत विस्थापित हुने क्रम जारी  छ । निरन्तरको वर्षात्का कारण बस्ती नजीकै रहेको कालिका कन्या मन्दिर विद्यालयसमेत जोखिममा परेको छ । 

पहिरो जान थालेपछि घर जोखिममा परेकाले जिल्ला प्रशासन कार्यालय, नगर खानेपानी तथा बागलुङ नगरपालिकालगायत निकायमा निवेदन दिइएको  पहिरोपीडित शुभकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।  बस्तीमुनि खानेपानी आयोजना बनाउँदा पहिरो गएका कारण माथिको बस्तीमा समस्या भएको हो । 

कम्फुटोलको घर वरिपरिको जमीन नै भासिन थालेको तथा अर्कातिर बजार क्षेत्रबाट आउने भलको व्यवस्थापनका लागि बनाइएको कुलोले घर धरापमा परेको श्रेष्ठले बताउनुभयो । “कुलोको सही व्यवस्थापन नै छैन, ढलान गरेको सबै फुटेको छ, पानी जमीनभित्र भित्र गएर घर नै जालाजस्तो भइसक्यो”, उहाँले भन्नुभयो, “दिउँसो पसल गछांैँ, राति भने भाडाको घरमा बस्न जाने गरेका छौँ ।” जतिसक्दो सम्बन्धित निकायले जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयवासीको माग  छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश