२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली

१५ असार २०७७, सोमबार ०३:३०

असार १५, महोत्तरी | महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सुत्ने ठाउँ नपाएर बिजोग खेप्नुपरेको कैदीबन्दीको गुनासो छ ।

जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दी (थुनुवा)को बिजोग हुने गरेको छ । खासमा कैदी–थुनुवा कक्ष  गहिरिँदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर  खाने, बस्ने र सुत्ने समस्या बढेको कारागारका चौकीदारसमेत रहेका पुराना कैदी रमेश सिंह बताउनुहुन्छ । कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ ।

“साँघुरो कारागारमा दुवैतर्फ (पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष) गरी ५५१ कैदी–थुनुवा छौँ”, चौकीदार सिंहले भन्नुभयो, “जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा बस्न, खान, सुत्न राम्ररी पाएका छैनौँ ।” अहिले सघन वर्षा शुरु भएपछि जताततै फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदी–थुनुवा बताउँछन् ।

कारागार परिसरबाहिर अग्लाअग्ला संरचना (घर, सडक) बनिँदा बर्सेनि यो ठाउँ झनझन गहिरिँदै गएको छ । फोहर निकासका लागि स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको निमित्त कारागार प्रमुख (जेलर) मक्सुधन महासेठ बताउनुहुन्छ । 

जम्मा १३५ कैदी–थुनुवा राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५५१ जना छन् । साँघुरो ठाउँमा कैदी–थुनुवा थपिँदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको निमित्त कारागार प्रमुख महासेठको गुनासो छ । “हामी सम्बद्ध उपल्लो निकायमा ‘ठाउँ छैन, कारागार अस्तव्यस्त छ’ भन्ने गर्छौं”, महासेठले लाचारी व्यक्त गर्दै भन्नुभयो, “न्यायिक निकाय भने दिनहुँ कैदी र थुनुवा पठाउँछन्, हामी के गरौँ ?”

कारागारको पुरुष कक्षमा अहिले ५०१ र महिला कक्षमा पाँच आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० जनासमेत जम्मा ५५१ कैदी–थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा निकै बढी कैदी–थुनुवा राख्नुपर्दा औषधोपचार र अन्य व्यवस्थापकीय काममा निकै समस्या पर्ने गरेको निमित्त कारागार प्रमुख महासेठको भनाइ छ ।

छिमेकको धनुषा जिल्लामा कारागार नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको चाप बढेको हो । कारागारमा ६५ प्रतिशत धनुषाकै न्यायिक निकायले पठाएका कैदी–थुनुवा रहेका कारागारको अभिलेखले देखाएको छ । यसबाहेक न्यायिक निकायले मुद्दा छिन्न गर्ने ढिलाइले थुनुवाको चाप बढेको निमित्त कारागार प्रमुख महासेठ बताउनुहुन्छ । कारागारमा अहिले पनि ७० प्रतिशत त थुनुवा नै रहेका छन् । मुद्दा छिनिएर कैद तोकिएका कैदीको सङ्ख्या ३० प्रतिशतमात्र रहेको महासेठको भनाइ छ । 

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार भवनले त्यसयता राम्रो मर्मतसम्भार पाएको छैन । कैदी–थुनुवा कक्षका पर्खालका इँटा झर्ने र छत उप्किएर झर्ने गरेको कैदी–थुनुवा बताउँछन् । “हजुर, नापेको दुई हात जग्गामा बस्नु छ, जताततै हिलो पानी र फोहर थुप्रिएको छ”, कारागारको महिला कक्षकी एक थुनुवाले विरक्तिँदै भन्नुभयो, “प्रत्येक दिनजसो पर्खाल र छत उप्किएर इँटा र सिमेन्टका टुक्रा झर्छन्, किचिएर मरिन्छ कि भन्ने त्रासमा बस्नुपरेको छ ।”

यसैबीच जिल्लाका सामाजिक सङ्घसंस्था र मानवअधिकारवादी सङ्घ सङ्गठनका प्रतिनिधिले कारागारको मर्मतसम्भार, ढल निकासको उचित व्यवस्थापन, छिटोछरितो न्याय सम्पादन र कैदी–थुनुवाका मानवोचित आवश्यकताको परिपूर्तिमा ध्यान दिन स्थानीय प्रशासन र कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

“कारागार यातनागृह नभई सुधारगृह हुन्”, कारागारको नियमित निरीक्षण गर्दै आउनुभएका मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले भन्नुभयो, “सम्बद्ध सबै पक्षले समयोचित सुधारमा ध्यान दिनै पर्छ ।” भर्खरै कारागारको निरीक्षण अनुगमन गर्नुभएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कारागारको व्यवस्थापकीय सुधारका लागि विभिन्न निकायबीच समन्वय थालिएको बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध