२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

२०७७, १७ असार बुधबार १४:५९

असार १७, दैलेख | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख इञ्जिनीयर तोपेन्द्रसुन्दर मल्ल र सबइञ्जिनीयर वीरेन्द्र चन्दले रु दुई लाख ४१ हजार १६ घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । आयोगको सुर्खेतबाट खटिएको टोलीले प्रमुख इञ्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सबइञ्जिनीयर चन्दलाई कार्यस्थलबाट पक्राउ गरेको हो । 

आयोगले प्रमुख इञ्जिनीयर मल्लको आवासबाट उक्त रकम बरामद गरेको हो । उनीहरुसँग आयोगले अनुसन्धानका लागि सबइञ्जिनीयर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई समेत मङ्गलबार पक्राउ गरेको हो । अनुसन्धान कार्य जारी रहेकाले उनीहरुलाई आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल