2026-09-13 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

हिंसापीडित महिला राख्न ‘सेफहाउस’माग

असार १८, लम्की । घरेलु हिंसामा परेका महिलालाई ‘सेफहाउस’ आवश्यक रहेको कैलालीको टीकापुरका महिलाले माग गरेका छन् । टीकापुरमा भएको एक कार्यक्रममा अगुवा महिलाले हिंसामा परेका महिलालाई सुरक्षित राख्न धनगढी वा महेन्द्रनगर पठाउनुपरेकाले स्थानीय तहले सेफहाउस निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

नारी विकास समाजका अध्यक्ष कल्पना उपाध्यायले बर्सेनि करोडौँ खर्च गर्ने पालिकाले महिलाका लागि सुरक्षित घर निर्माणमा समेत ध्यान दिनुपर्ने माग गर्नुभयो । उहाँले व्यवस्थित प्रसूतिगृह र महिलाको सीप विकास गर्न व्यावसायिक तालिमको व्यवस्था गर्न नगरपालिकासँग माग गर्नुभयो । नगरपालिकाले सञ्चालन गरेको ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रम, लैङ्गिक समानता तालिम, सासूबुहारी तालिम, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलगायतका कार्यक्रम राम्रा रहे पनि महिलाका लागि भएका केही तालिममा दोहोरोपना भएको, तालिम लिएका महिलाले जानेको सीप प्रयोग नगरेको गुनासो अगुवा महिलाकै छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा उपप्रमुखका प्रत्याशी आशा चौधरीले बालविवाह, घरेलु हिंसा, बलात्कारका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै यस्ता घटनामा परेका महिलालाई राख्न सुरक्षित आवासगृहको व्यवस्था गर्नुपर्ने बताउनुभयो । अर्का प्रत्याशी कमला केसीले टीकापुर नगरपालिकाले र अन्य गैरसरकारी संस्थाले दिएको तालिममा करोडौं खर्च भए पनि बालुवामा पानी हालेजस्तो भएको गुनासो गर्नुभयो । “अब महिलाका नाममा स–साना बजेट नछरी एकमुष्ट लगानी गर्नुपर्छ”, केसीले भन्नुभयो, “महिलाका लागि औद्योगिक रोजगारी खुल्ने, आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

अर्का उम्मेदवार सुदेश्नी चौधरीले विपन्न बस्तीका महिलालाई रोजगारी र बालबालिकालाई शैक्षिक छात्रवृत्तिका साथै खाना र लुगाको समेत व्यवस्था हुनुपर्ने माग गर्नुभयो । नगर उपप्रमुख केशरी रावल विष्टले गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा दिइरहेको, वडामा हुने तालिम वडा समितिकै छनोट र सिफारिसमा हुने गरेको जानकारी दिँदै सीपमूलक तालिम लिएका ग्रामीण क्षेत्रका महिलाले तरकारी खेती, च्याउखेती, सिलाइ व्यवसाय चलाइरहेको बताउनुभयो ।

नगरप्रमुख तपेन्द्रबहादुर रावलले केही तालिमले महिलालाई स्वरोजगार बनाइरहेको देखिए पनि सबै तालिम लिनेको तथ्याङ्क र उपलब्धि मापन गरिने बताउनुभयो । उहाँले बालबालिकालाई लागुऔषध र मोबाइलको कुलतबाट जोगाउन पनि पहल गरिने बताउनुभयो । प्रमुख रावलले टीकापुर नगरपालिका महिला स्वास्थ्यका विषयमा सचेत भएर नै अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सक राखेको जानकारी दिँदै टीकापुरमा सेफहाउस बनाउन र व्यवस्थित प्रसूतिगृह बनाउन पहल गर्ने बताउनुभयो ।

नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखाले यस वर्ष १९ वटा कार्यक्रम रहेकामा सहकारी तालिम, महिला–पुरुष समान हकका लागि जेसी तालिम, सासू–बुहारी अन्तक्र्रिया, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, ३४८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको महिला निरीक्षक सङ्गीता शाहले जानकारी दिनुभयो । उहाँले लकडाउनका कारण बालविवाह, छाउपडी कुप्रथा न्यूनीकरण, बालक्लब अनुशिक्षण, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका काम हुननसकेको जानकारी दिनुभयो । कार्यक्रममा नगर बाल संरक्षण समितिका सदस्य शिक्षक काशीराम ढुङ्गानाले विद्यालयका अतिरिक्त क्रियाकलाप गर्ने र उनीहरुको नगरस्तरसम्म प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

वृद्ध सेवा समिति टीकापुरका उपाध्यक्ष कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई दिवासेवा र कम्बल वितरणमा १ नं वडा कार्यालयबाट सहयोग भए पनि नगरपालिकाबाट सहयोग नपाइएको गुनासो गर्नुभयो । “वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकले बैंकमा लाइन लाग्दा साह्रै कष्ट भएको छ । अरु बैंकलाई पनि थप गरी सहज बनाउन अनुरोध छ”, गिरीले भन्नुभयो, “ज्येष्ठ नागरिकले पाएको भत्ता संरक्षकले लुट्ने गरेका छन् तर ज्येष्ठ नागरिकको सेवा गरेको देखिँदैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन