२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको तीन स्थानीय तहको कोरोना कोषलाई ७९ लाख

२०७७, १९ असार शुक्रबार ०२:३२

असार १९, गलकोट । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको रु छ करोडमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको हो । 

“बागलुङ क्षेत्र नम्बर १ भित्रका चार पालिकामध्ये तीन पालिकामा झण्डै एक करोड रकम बचत हुन आएको छ”, सांसद पाठकले भन्नुभयो, “कोरोना रोकथाम, उपचार नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले तत्कालै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहमा रकम जम्मा भएको छ ।”

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको स्थानीय तह पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहमा बचत भएको रकम बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्न जिल्ला समन्वय समिति बागलुङको निर्णयसहित कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा असार १५ गते नै पत्रचार गरिएको थियो । स्थानीय तहले कोरोना व्यवस्थापन गर्न नसकेको सन्दर्भ र सांसद विकास कोषमा खर्च हुन नपाएको रकमलाई कोरोना व्यवस्थापनमा लगाइँदा क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन भएको हो । 

बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सबै खर्च भए पनि बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोलामा गरी केही रकम बचत भएको हो । २०७७ असार २ गतेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ तेस्रो संशोधनअनुसार विनियोजन भएको रकम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका निर्देशक तथा सदस्यको परामर्शमा कोरोना नियन्त्रण खातामा जम्मा गर्न सकिने व्यवस्थाअनुसार गत असार १५ गतेको निर्णयअनुसार बागलुङ नगरपालिकाको कोरोना कोषमा बचत हुन आएको रु ३१ लाख ११ हजार १२३, बरेङ गाउँपालिकाको कोरोना कोषमा रु ३१ लाख ८३ हजार १२३ र काठेखोला गाउँपालिकाको कोरोना कोषमा रु १६ लाख ४६ हजार १९ रकम जम्मा गर्न जिल्ला समन्वय समितिको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहलाई प्रदान गर्न पत्र पठाइएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी राजुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत यस क्षेत्रमा  विनयोजन भएको रु छ करोडमध्ये बागलुङ नगरपालिका, काठेखोला र बरेङमा गरी जम्मा ७९ लाख ४० हजार ३६५ रकम बचत भएको हो । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेटबाट खर्च हुन नसकेको रकम स्थानीय तहको कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा प्राप्त हुँदा स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा सहज पुग्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

“कल्पना बाहिरको भाइरसको प्रकोपका कारण स्थानीय तहलाई चालु आर्थिक वर्षमा समस्या नै छ”, प्रमुख पौडेलले भन्नुभयो “कोरोना कोषमा सांसद विकास कोषको रकमले राहत मिल्ने भो ।” बागलुङ नगरपालिकाले आगामी वर्षका लागि विनियोजन गरेको रु ९४ लाख बजेटमध्ये कोरोना भाइरस, नियन्त्रण, रोकथाम, औषधि, स्वास्थ्य सामग्री तथा गुमेको रोजगारी सिर्जना गर्नका लागि झण्डै रु १० करोड रकम विनियोजन गरेको पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते