Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा सुन पसल चोरीमा संलग्न सार्वजनिक

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असार १९, नवलपुर । नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गत फागुन १८ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखा मेलुङ गाउँपालिका– १ घर भई हाल ललितपुुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४० वर्षीय जीतबहादुर तामाङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व), इलाका प्रहरी कार्यालय गैँडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थलमा अनुसन्धानका क्रममा देखिएका शंकास्पद मोबाइल नम्बर तथा जनशक्तिका माध्यमबाट चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

आरोपितले आफूहरुका भागमा १० देखि १२ तोलासम्म सुन परेको स्वीकार गरेको जनाइएको छ । सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि सबै कुरा खुल्ने रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेकाविरुद्ध यही असार १४ गतेदेखि लागू हुने गरी डाँका चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

अभियुक्तका साथबाट सुनका विभिन्न गरगहना १२ तोला पाँच लाल, चोरीमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोबाइल, फोरिएको अवस्थामा सेफ लकर, प्रदेश ३–०२–०१४ नम्बरको नयाँ स्कुटर–  ठेला रिक्सा एक थान र  खैरो रङको कपडाको पाइन्ट एकएक थान बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै सेफ फोर्नका लागि गल, घन, टेष्टर, सलाई रेञ्ची, सानो नीलो बाल्टी र ग्यास रेगुलेटरसहितको अक्सिजन सिलिण्डर  एकएक थान, छिनो २  र सुन राख्न प्रयोग गरिने ट्रे ६ थान बरामद भएको बताइएको छ  ।

घटनाको मुख्य योजनाकारदेखि अन्य केही व्यक्ति पक्राउ गर्न बाँकी नै रहेको र  उनीहरुको खोजी जारी रहेको जनाइएको छ । घटनाको अनुसन्धानमा केही समय लागे पनि अब नजिक पुगेको र अन्य पनि चाँडै पक्राउ हुने उहाँको भनाइ छ । पूर्वपश्चिम राजमार्ग नजीकै रहेको सुनचाँदी पसल फोरेर सो दिन राति तयारी सुनका गरगहना ६९ तोला पाँच लालसहित सुन र चाँदीका तयारी गरगहना गरी एक किलो तथा रु सात लाख राखिएको सेफ लकरसहित चोरी भएको थियो ।