२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित

२०७७, २१ असार आईतवार ०८:०३

असार २१, धनगढी। सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९ पुगेको छ ।

दार्चुला, कैलाली, डोटी, बाजुरा, डडेलधुरा, बैतडी, कञ्चनपुर, अछाम बझाङ सङ्क्रमणको दरमा बढ्दै गएको छ । हालसम्म कैलाली जिल्लामा सबैभन्दा बढी ९१६ सङ्क्रमित पुगेका छन् । यसैगरी कञ्चनपुरमा ४००, डोटीमा ५१४, डडेलधुरामा २५९, दार्चुलामा १७, बैतडीमा २८०, बझाङ १३९, बाजुरा ३९० र अछाम ५५४ सङ्क्रमित पुगेका छन् । देशभरमै सबैभन्दा बढी कोरोन सङ्क्रमित जिल्लाका रुपमा सम्भवतः कैलाली जिल्ला पहिलो जिल्लाका रुपमा देखिएको छ । 

कोभिड–१९ का कारण यस प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । गतहप्ता पिसिआर पद्धतिबाट प्रदेशमा १६ हजार ९३५ जनाको नमूना परीक्षण भएकामा शनिबार यो सङ्ख्या २२ हजार १४७ पुगेको छ । हालसम्म ५८६ जना उपचारपछि घर फर्किएका छन् । 

बन्दाबन्दी खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग सङ्क्रमणको जोखिम पनि बढेको छ । प्रदेशमा अधिक सङ्ख्यामा २० देखि २९ वर्ष उमेर समूहका युवा कोरोनाबाट सङ्क्रमित भइरहेको देखिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलको पछिल्लो तथ्याङ्कका अनुसार हालसम्म पिसिआर पद्धतिबाट स्वाब सङ्कलन गरी नमूना जाँच गरिएका मध्ये २० देखि २९ वर्ष उमेरका एक हजार ५३७ जनामा कोराना सङ्क्रमण भएको छ । 

यसैगरी ३० देखि ३९ वर्ष उमेरका ७२७, दशदेखि १९ वर्ष उमेरका ४४५, चालीसदेखि ४९ वर्ष उमेरका २९०, नौ वर्ष सम्मका बालबालिका २७२, पचासदेखि ५९ उमेरका १३२, साठीदेखि ६९ वर्षका ५१, सत्तरीदेखि ७९ वर्षका १४ र नब्बेदेखि ९९ वर्षका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले १४ दिन आइसोलेशनको बसाइ पूरा गरेर नजिता नेगेटिभ आएको र पछिल्लो तीन दिनमा कुनै लक्षण नदेखिएको व्यक्तिलाई डिस्चार्ज गर्ने गरिएको बताउनुभयो । क्वारेन्टिनमा बसेको व्यक्तिको हकमा १४ दिनको बसाइ पूरा गरी नतिजा जे सुकै आए पनि थप सात दिन सुरक्षित तरिकाले घरमा बस्ने गरी होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गर्ने गरिएको जनाइएको छ । 

यसैबीच स्वास्थ्य तालीम केन्द्र धनगढीमा कोभिड–१९ को सिआइसिटी सेन्टर (बिरामीको खोज पड्ताल तथा सर्वेक्षण केन्द्र) स्थापना गर्न लागिएको छ । यो केन्द्रले स्वास्थ्य संस्था लगायतसँग कोभिड–१९ को रोकथामका लागि आवश्यक काममा समन्वय गर्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय